प्रियंका–निक प्रेमकथा : कुरा काट्नेको वास्ता छैन, छ त प्रेम मात्रै

बलिउड र हलिउडमा अहिले एक प्रेमकथाको चर्चा शिखरमा छ, प्रियंका चोपडा र निक जोनस ।

बलिउडपछि हलिउडमा पनि आफ्नो बलियो स्थान बनाएकी प्रियंका र अमेरिकी संगीतकर्मी तथा अभिनेता निक जोनस अहिले गहिरो प्रेम सम्बन्धमा छन् । यो कुरा उनीहरुको साथसाथै हुने गरेको उपस्थिति र बिताएका समयहरुले देखाएका छन् ।

गएको मे मा उनीहरुको प्रेम प्रशंग सार्वजनिक भएपछि धेरैपटक यो जोडी साथमा देखिएको छ । प्रियंकाको परिवारसँग भेट्नका लागि निक भारत पनि आइसके । प्रियंकाले निकको परिवारका सदस्यसँग समय बिताएकी छन् भने पारिवारिक कार्यक्रममा सहभागी पनि ।

प्रियंका–निक प्रेम सम्बन्धको चर्चा हुँदा यो जोडीलाई रुचाउने सँगै नरुचाउने अर्थात आलोचकहरु पनि छन् । यो सम्बन्धका बारेमा धेरै टिकाटिप्पणी हुने गरेका छन्, कारण यो प्रियंका र निकबिचको उमेरमा रहेको भिन्नता सबैभन्दा अघि छ । प्रियंका ३६ वर्षकी भइन् भने निक मात्रै २५ वर्षका हुन् ।

आलोकहरुले सामाजिक सञ्जालमा प्रियंका र निकको सम्बन्धलाई मजाक बनाउँदै धेरै मेमे बनाएका छन् । यस्तै धेरै नकारात्मक प्रतिक्रियाहरु प्नि छन् । तर प्रियंका र निकलाई यसको प्रभाव परेको देखिएको छैन । गएको सोमबार प्रियंकाको जन्मनिदको केही अघि मात्रै निक र प्रियंकाले लण्डनको एक रेस्टुरेन्टमा डिनर गरेका छन् ।

त्यो डिनरमा निकका दाइ जो जोनस र उनकी फियोन्सी सोफी टर्नर पनि थिइन् । यस्तै निकका जेठो दाइ पनि । रेस्टुरेन्टमा रहेका बेला जोले आफ्नी फियोन्सी र प्रियंकाको तस्बिर खिचे, जसको अघिल्तिर निक पनि देखिन्छन् ।

इन्स्टाग्राम स्टोरिजमा त्यहि तस्बिर पोस्ट गर्दै निकले आलोकहरुलाई उनले बाटो देखाएका छन् । उनले तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘ब्लकिङ्ग अल द हेटर्स आउट लाइक..’ अर्थात ‘यसरी घृणा गर्नेहरुलाई बन्देज…’

निकको यो पोस्टले उनीहरु निकै गहिरो प्रेममा रहेको संकेत गर्छ भने आलोचनाको वास्ता नरहेको कुरा पनि । यो जोडीले विवाहको तयारी गरेको पनि चर्चा हुने गरेको छ । केही समयअघि प्रियंकाले आफू विवाहमा विश्वास गर्ने महिला रहेको बताएकी थिइन् ।

यस्तै यसबारेमा प्रियंकाकी आमाले पनि छड्के रुपमा तर सकारात्मक संकेत नै गरेकी छन् । उनले क्याजुअल वेमा ‘उनीहरु र तपाईँहरुलाई साँच्चै त्यस्तो लाग्छ भने हामीले पनि त्यसै गरी सोचौँला’ भनेकी थिइन् ।

प्रियंका अहिले सोनाली बोसको चलचित्र ‘द स्काई इज पिंक’ मा फरहान अख्तरसँग काम गरिरहेकी छन् । यस्तै उनले अलि अब्बास जफरको ‘भारत’ मासलमान खानसँग पनि काम गरेकी छन् ।

साउन ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्