डा. केसीको पक्षमा सडक तात्यो

बानेश्वरमा प्रहरी र तरुण दलबीच झडप, अश्रुग्यास प्रहार, तरुण दल अध्यक्षसहित थुप्रै घाइते

काठमाडौँ- डा. गोविन्द केसीको मागको पक्षमा माइतीघरबाट निस्केको विशाल जुलुस नयाँ बानेश्वरतर्फ जाँदा तरुण दल र प्रहरीबीच झडप भएको छ।

प्रहरीले अश्रग्यासका सेलहरु प्रदर्शनकारीतर्फ फ्याँकेको छ। झडपमा तरुण दलका अध्यक्षसहित थुप्रै घाइते भएका छन्। झडपका क्रममा प्रहरी पनि घाइते भएको नयाँ बानेश्वरबाट संवाददाता शरद ओझाले जानकारी दिएका छन्।

 

साउन ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्