प्रहरी झडपमा तरुण दल अध्यक्ष बस्नेत सख्त घाइते, सिभिल अस्पताल लगियो

काठमाडौँ- कोणसभाका क्रममा प्रहरीसँगको झडपमा तरुण दल अध्यक्ष जितजंग बस्नेत सख्त घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ।

उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको हाम्रा संवाददाता शरद ओझाले जानकारी दिएका छन्।

गोविन्द केसीका समर्थक र प्रहरीबीच माइतीघर मण्डलाबाट बानेश्वर पुगी कोणसभा गर्ने क्रममा झडप भएको हो। केसीले उठाएका चिकित्सा शिक्षा सम्बन्धी माग पूरा गर्न माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले केही राउण्ड अश्रु ग्यास प्रहार गरेको हो।

प्रर्दशनमा प्रेस युनियका महासचिव अजयबाबु शिवाकोटीलगायत केही सुरक्षाकर्मीसमेत घाइते भएका छन्। केसीको पक्षमा तरुण दल र विवेकशील साझा पार्टीले छुट्टाछुट्टै प्रर्दशन गरिरहेका गरिरहेका छन्।

साउन ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्