प्रहरीको आक्रमणबाट तरुण दलका थुप्रै घाइते

काठमाडौं – प्रहरीको आक्रमणबाट नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतसहित थुप्रै प्रदर्शनकारी घाइते भएका छन्। डा. गोविन्द केसीको मागको समर्थनमा एक्यबद्धता जनाउन माइतीघरबाट निकालिएको प्रर्दशनमा प्रहरीले लाठी र अश्रु ग्यास हान्दा बस्नेत घाइते भएका हुन्।

उनको टाउकोमा चोट लागेको छ। उपचारका लागि बानेश्वरमै रहेको सिभिल अस्पतालमा लगिएको छ। यस्तै प्रहरीको लाठी प्रहारबाट प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी पनि घाइते भएका छन्। अर्की प्रदर्शनकारी मुना भुसाल पनि घाइते भएकी छन्।

झडपका क्रममा प्रहरीले केही राउण्ड अश्रु ग्यास हान्दा थुप्रै व्यक्ति घाइते भएका छन्। केसीको पक्षमा तरुण दल र विवेकशील साझा पार्टीले छुट्टाछुट्टै प्रर्दशन गरिरहेका गरिरहेका छन्।

साउन ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्