चार महिना पुग्न नपाउँदै ओली सरकारले ज्ञानेन्द्रको झझल्को दियो : संग्रौला

काठमाडौं – लेखक खगेन्द्र संग्रौलाले केपी ओली नेतृत्वको सरकारले चार महिना पुग्न नपाउँदै ज्ञाननेन्द्रको शासनको बेलाको जस्तो झल्को दिएको बताएका छन् ।

डा. गोविन्द केसीको मागप्रति एक्यबद्धता जनाउन माइतीर मण्डलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै लेखक संग्रौलाले सरकारले तत्काल केसीका माग पूरा गर्नुपर्ने बताए ।

उनले अहिलको सरकारले सडकबाट विरोध गर्न पाउने नागरिकको अधिकारमाथि धावा बोलेको बताए । संग्रौलाले आफू प्रचण्ड र ओलीलाई सम्झाउन मात्र सडकमा आएको उल्लेख गरे ।

समाजवादी भन्ने सरकारले आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई बेवास्ता गर्दा छोटो अवधिमै सरकार अलोकप्रिय बनेको बताए ।

साउन ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्