एकाएक बानेश्वर युद्धमैदानमा परिणत भएपछि … (फोटो फिचर)

फाइल तस्बिर।

काठमाडौं – चिकित्सा शिक्षाको सुधारको माग राख्दै अनशन बसनेका डा. गोविन्द केसीको समर्थनमा प्रर्दशन काठमाडौं प्रर्दशन भएको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल, नयाँ शक्ति नेपाल पार्टी, विवेकशील साझा पार्टीको आह्वान भएको प्रर्दशनमा सयौं सहभागी भएका छन् । प्रर्दशनको क्रममा प्रहरी र तरुण दलबीच झडप भएको छ ।

झडपका क्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेत, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायत घाइते भएका छन् । घाइतेहरुको बानेश्वरस्थिति सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रर्दशनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, नेपाली कांग्रेसका नेताहरु तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहभागीता थियो । गोविन्द केसीको समर्थनमा अहिलेसम्म हुँदै आएको शान्ति आन्दोलनले शनिबारबाट नयाँ रुप लिएको छ ।

 

 

 

तस्बिरहरु : सुलभ श्रेष्ठ/बर्षा शाह

साउन ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्