बानेश्वरमा तीन प्रदेश मन्त्रीका गाडी प्रदर्शनकारीद्वारा तोडफोड

तरुण दलका कार्यकर्ताहरुले तोडफोड गरेका तीन मन्त्रीका गाडी। तस्बिर: बर्षा शाह

काठमाडौं– नयाँ वानेश्वरमा प्रहरीसँगको झडपपछि तरुन दलका कार्यकर्ताले मन्त्रीका गाडीमा तोडफोड गरेका छन् ।

आन्दोलनकारीले प्रदेश नं २ कासामाजिक विकास मन्त्री नवलकिसोर साह, ३ का युवराज दुलाल र ४ नंम्बर प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनको गाडी नयाँ वानेश्वरको इन्द्रेणी फुडल्याण्डमा तोडफोड गरेका हुन् । मन्त्रीका गाडीको झ्यालको सिसा फुटेको छ । तोडफोडबाट होटलको गाडीमा समेत क्षती पुर्‍याएका छन् ।

प्रहरीसँगको झडपमा आफ्ना नेता तथा कार्यकर्ता घाइते भएको आक्रोसमा प्रदर्शनकारीले प्रदेशका मन्त्रीको गाडीमा तोडफोड गरेका हुन् ।

प्रदेशका सामाजिक विकास मन्त्रीहरुको छलफल चलिरहेको थियो । पार्किङ गरेर राखिएका गाडीलाई प्रदर्शनकारीले निसाना बनाएका हुन् ।

 

साउन ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्