रोनाल्डो हुने छैनन् रियल मड्रिडसँगको खेलमा

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो नयाँ क्लब युभेन्टसको प्रि–सिजन भ्रमण टोलीमा अनुपस्थित रहेका छन् । इटालियन सिरी ए च्याम्पियन युभेन्टसले रोनाल्डोलाई ११२ मिलियन युरोमा रियल मड्रिडबाट गएको हप्ता भित्र्याएको हो ।

युभेन्टस अहिले प्रि सिजन भ्रमणमा अमेरिका छ । तर रोनाल्डो भने टिममा छैनन् । उनी नाइकले हरेक वर्ष गर्ने बेइजिङ्ग टुरमा छन् । यसको अर्थ अगस्टको सुरुमा अन्तर्राष्ट्यि च्याम्पियन्स कप अन्तर्गत पूर्व क्लब रियल मड्रिडसँगको खेलमा रोनाल्डो मैदानमा हुने छैनन् ।

उनले युभेन्टसबाट पहिलो खेल सिरी ए फुटबलमा क्लबको पहिलो खेल नै हुने सम्भावना छ । ९ वर्ष रियल मड्रिडमा बिताएका रोनाल्डोले ४५१ गोल गरे भने चार पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जिते ।

साउन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्