म फ्रान्सबाट अध्ययनपश्चात फर्किएपछि देवनागरी कम्प्युटर बनाउनतर्फ लागे। कम्प्युटरमा धेरै प्रोग्रामहरु बनिसकेको थियो। तर नेपाली भाषाको प्रोग्रामिङ बनिसकेको थिएनन्। मैले देवनागरिक लिपी कम्प्युटरमा बनाउन कसरी सुरु गरे, के को लागि देवनागरी भनेर धेरै चिन्तन गरे। कम्प्युटर बनिसकेको थियो भने त्यसमा अरु धेरै प्रोग्रामहरु बनिसकेका थिए।
मैले देवनागरी कम्प्युटर बनाउँदा त्यतिबेला एक करोड मात्रै जनता थिए नेपालका।त्यही एक करोड जनतालाई बुझ्ने बुझाउने र उनीहरु सबैलाई कम्प्युटरकै भाषा सिकाउने हो भने त सबैभन्दा पहिले नेपाली त हुनै पर्यो।
नेपाली नभएसम्म कति जनाले अंग्रेजी बुझ्लान र ? त्यतिबेलाको म्यासिभ जनतालाई कम्युनिकेशन गर्न त नेपालीमा गर्नुपर्छ। उनीहरु सबै अंग्रेजी त बुझ्दैनन्। त्यसपछि मैले के सोचे भने अब मेरो काम चाहिँ कम्प्युटरलाई नेपाली सिकाउने। कम्प्युटरलाई नै क, ख, ग , घ पढाउने। यो वि.सं १९८०-८३ तिरको कुरा हो। त्यतिबेला कम्प्युटरलाई नेपालीमा पढाउने कुनै किसिमको ज्यावल थिएन। कसरी कम्प्युटरलाई क ख पढाउने ? मैले आफैले बाह्रखरीको अक्षरहरुलाई ‘इन्टरफेस’ गर्नुपर्यो।

वैज्ञानिक मुनि बहादुर शाक्य।तस्बिर-झरना राई
मैले अमेरिकाबाट हार्ड डिक्स मगाए। तर त्यसभित्र इन्टरफेसिङ गर्नु पर्ने हुन्थ्यो। त्यो कही पनि किन्न पाइँदैनथ्यो। त्यतिबेला त्यो हार्ड डिक्सको ‘इन्टरफेसिङ’ मैले आफैंले बनाएँ। नेपालीको जुन महत्व थियो कम्प्युटरमा। त्यसको कुनै विकल्पै थिएन। त्यसकारण मैले सोचे यसमा लागी परौं। पहिला मैले चार्टहरु हजारौ पानाहरुमा लेखेँ। अनि त्यो ८X८ को मेट्रिक्समा डटहरु हालेर प्राक्टिकल गरेँ।
त्यसक्रममा सबैभन्दा सजिलो बाह्रखरी लिपीको ‘न’ सजिलो भएर मेट्रिक्समा डटहरु मलाएर देव नागरीको ‘न’, किनभने दुईटा धर्काहरु एउटा भर्टिकल, अर्को होरिजेन्टल र एउटा फुली दिएपछि ‘न’ बनिहाल्यो। अब त्यो ‘शेप’ कम्प्युटरको भाषामा मिलाउनु पर्यो। एवम् रीतले मैले देवनागरी लिपीको ‘म’ लगायतका बाह्रखरी बनाएँ। बाह्रखरी बनाउनमै धेरै समय खर्च गरे। बाह्रखरी बनाएको लिपी आफूले आफैलाई चित्त नबुझ्ने। म सकभर डिजाइनिङमा राम्रो गर्ने कोशिसमा रहन्थेँ।
हरेक डट्सको आफ्नै ‘हेक्स’ नम्बर हुन्थ्यो। सबैलाई मिलाएर नेपालीको एउटा सिंगल अक्षर बनाउनु पर्थ्यो। त्यतिबेला मलाई कम्प्युटरको मेट्रिक्समा ‘ह’ बनाउन हम्मे हम्मे परेको थियो। त्यस्तै ज्ञ, क्ष र त्र बनाउँदा धेरै पटक मेट्रिक्समा मिलाउनु पर्यो। किनकि ती अक्षरहरु एउटा ८X८ मेट्रिक्समा नअट्ने। बनायो एउटा कम्प्युटरको स्क्रिनमा देख्ने बेलामा राम्रो नदेखिने। आम नेपालीले पढ्न सक्ने खालको हुँदै नहुने।
फेरि मिलायो, डिजाइनिङमा अझै राम्रो हुन्छ कि / गर्न सकिन्थ्यो कि भन्नेमा धेरै टाइम समय खेर जान्थ्यो। अनि फेरि बनायो अनि फेरि ‘प्राक्टिकल’ गर्थे। यस्तै प्रकारले बनाउँदै प्राक्टिकल गर्दै बाह्रखरी सफल भएँ नेपाली देवनागरी लिपी। मैले बनाएको त्यो बेलाको मास्टर कपी सबै मुठा मुठा पारेर राखेको छु। अब अक्षर त बनाए मैले तर वर्ड प्रोसेसिङ पनि चाहिने रहेछ। त्यतिबेला प्रोसेसिङ अंग्रेजीमा मात्रै हुन्थ्यो। त्यतिबेला मैले ‘फोर के बाइट ‘ एउटा वर्ड प्रेसेसर बनाए। त्यही वर्ड प्रोसेसरले धेरै काम हुन्थ्यो र मैले गर्थे। यो बनाएपछि अर्को पनि गाह्रो आइपर्यो मलाई।
****
अंग्रेजी र नेपालीको किबोर्डमा अक्षर मिलाउने। अब कसरी मिलाउने ? अंग्रेजीमा एउटै लाइन (लेयर)मा सबै अक्षर हुने नेपालीमा एउटै अक्षर लेख्न तीन पटक लेख्नु पर्ने। मानौ ‘कुँवर’ लेख्नु पर्यो भने पहिला क लेख्नु पर्यो त्यसपछि उकार दिनु पर्यो। अनि त्यही अक्षरमा चन्द्रबिन्दु पनि थप्नुपर्यो। त्यस्तै ह्रस्व र दीर्घ आकारहरु मिलाउने बेला बडो कठिनाइ महसुस गरेँ मैले। त्यतिबेला वर्डप्रेसिङको लेयर मिलाउने काम भारतमा भइसकेको हुनुपर्छ भनेर सोचेको थिएँ। तर त्यहाँ त सुरु नै भएको रहेनछ।
यस्तै सन्दर्भमा एउटा रोचक प्रसँग छ, एक जना अमेरिकन नेपाल आउनु भएको थियो। उहाँको नाम मिलर थियो। मिलरले त्यतिबेला सय जना पोस्ट ग्र्याजुएट्सहरुलाई लिएर कमलादीमा अफिस खोल्नुभएको थियो। उहाँले पनि ती नेपालीहरुलाई यही देवनागरी लिपी बारे सिकाउने। कसरी बनाउन सकिन्छ लिपी भनेर काममा लागि रहनुभएको थियो। क, ख, ग, घ सजिलैसँग गर्नुभयो उहाँले।तर जब इकार र उकारको पालो आयो, तब उहाँले ३६ वटा अक्षरलाई ४८० वटा किबोर्डको ‘की’ निकाल्नुभयो। हामी त्यतिबेला नमस्ते क्लब जान्थ्यो। त्यहाँ जान्थ्यौ नयाँ काम देखाउन।
उहाँले त्यतिबेला त ४ सय ८० की वर्ड देखाउनुभएपछि मैले सोधे, ‘ मिस्टर मिलर वाइ डु यू ह्याभ फोर हन्ड्रेड एण्ड एटी कि ? वी निड जस्ट वन्ली थर्टीसिक्स की, वाइ ४८० की ?’ उसले जवाफ दियो, ‘ नो…, यु नो, वी नीड ह्याभ टु डु का, की कु, के एण्ड कै। सो इट्स अ सेपेरेट क्यारेक्टर। इट्स नट अ सेम क्यारेक्टर।’ अनि मैले भनेँ, ‘ नो मिस्टर मिलर, इट्स अ सेम क्यारेक्टर एण्ड यु ह्याभ टु डु अन द्याट अर्थात तपाईले त्यही क्यारेक्टरमा बसी बसी कु, के, कै कुँ लेख्नु पर्ने हुन्छ।’
मैले आफ्नो घरमा बनाएको बाह्रखरी देखाए उहाँलाई। ‘क’ मा बसी बसी की, कु के कै कौ कु।’ उहाँ छक्क पर्नुभयो। उहाँले हार खाँदै भन्नु भो, ‘ देन ओके, आइ डोन्ट थिंक। सो, यू क्यान मेक इट। यु क्यान डू।’ उसले चार सय असीवाला की वर्डहरु बनाउनै छाडिदिए। त्यो त्यही ड्रप भयो। यसरी देवनागरी लिपी निर्माण भयो।
मैले आफैले बनाएको सीपीएम कम्प्युटरमा बाह्र खरी राखेँ। सुरुमा पहेलो अक्षर थियो देवनागरी कम्प्युटरको। मैले त्यतिबेला पहेँलो अक्षरमा त्यतिबेलाको राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ लाई टइप गरेर राखेँ। त्यति नै बेला सरस्वती सदनमा सात दिनसम्म मेला भएको थियो, जसरी अहिले क्यान इन्फोटेक भृकुटीभण्डपमा लाग्छ। त्यहाँ धेरै मान्छेहरु आउथे हेर्नलाई। पैसा लाग्दैनथ्यो। फ्रीमा। सात दिनमा धेरै मान्छेहरुसँग भेट कलेज, स्कुल, डिप्लोम्याट, विदेशी सबैसँग भयो। त्यतिबेला सबैको आकर्षणको केन्द्रबिन्दु थियो ,नेपाली कम्प्युटर, त्यो भित्र पनि श्रीमान् गम्भीर। त्यतिबेला आफूलाई पनि बडा गर्व लाग्ने। म निक्कै खुसी थिएँ हृदयदेखि नै।
त्यही सात दिनमा लागेको मेलामा मैले देखाएको कम्प्युटर जापानको त्यतिबेलाको दुई वटा पत्रिका ‘जापान टाइम्स’ र ‘मैनाची’को फ्रन्ट पेजमा समाचार छापेँ। नेपालमा देवनागरिक नेपाली कम्प्युटर बनाए भनेर। एक जना नेपाली के कामले जापानको हिरोसीमामा बस्थेँ। उसले त्यहाँ देखेपछि उसले मलाई नेपाल आएर खोजी खोजी त्यो छापिएको समाचार दिनुभयो। त्यो मसँग अझै सुरक्षित छ। त्यो क्षण सम्झिदा निक्कै खुसी हुन्छु।
***
देवनागरिक कम्प्युटरको समाचार सार्वजनिक भएपछि मलाई कहिलेकाही इन्डियाको देल्लीबाट पत्र आउँथ्यो भने कहिले कलकत्ताबाट आउथ्यो पत्र। पत्रमा लेखिएको हुन्थ्यो, ‘ मुनि शाक्य, कम टु इन्डिया। वि आर मेकिङ न्यू टेक्नोलोजी इन देवनागरी टुगेदर।’ तर मलाई भने आफ्नो देश छोडेर जाने मनै थिएन। मलाई लाग्थ्यो ‘ म अमेरिका त छोडेर आएर आफ्नो देशमा बसेको छु भने म इन्डिया किन जाने ? ‘ मेरो भित्री मनले भन्थ्यो, ‘ म आफ्नो देश नेपालमै बस्छु, नेपालमै सेवा गर्छु।यही मेरो उद्देश्य हो। म किन जान्छु इन्डिया ?’ हुन त बाहिर म धेरै पटक अध्ययनको लागि इंग्ल्याण्ड र त्यसपछि फ्रान्समा बसेँ। तर सधै नयाँ कुरा सिक्नको लागि बसेँ। तर किन किन नेपाल आमाको धेरै माया लाग्थ्यो। म फेरि आफ्नै आमाको काखमा बस्न आइपुग्थेँ।
यसक्रममा देवनागरी लिपीसँगै प्रचलित नेवारी भाषाको लिपी पनि बनाए। त्यतिबेला नेवारी पत्रिकाहरु हुन्थ्यो। त्यो पनि हातले लेखेर बनाइन्थ्यो नेवारी पत्रिकाहरु। उनीहरु हातैले हस्तलिखित पत्रिका बनाउने। त्यो देखेर मैले सोचे, ‘ओहो ! देवनागरिक मैले बनाउन सकेँ भने नेवारी पनि गर्न सकिहाल्छु नि।इट्स नट अ बिग डिल।’
त्यति नै बेला एउटा जापानी नेपालमा आएर बस्नु भएको रहेछ। उहाँ पाटनको ‘गाबहाल’मा बस्नुन्थ्यो। उहाँले नेवारी भाषाको लिपी काठमा बनाइरहुन भएको थियो, त्यो पनि एउटा एउटा अक्षर काठमा कुँदेर। उहाँले काठमै त्यसरी नेवारी लिपी छाप्ने कामको लागि बनाउनुहुन्थ्यो। उहाँले कालो भाद्गाउँले कालो टोपी लगाउनुहुनुथ्यो। हेर्दा ठ्याक्कै नेपाली जस्तो देखिने। कसैले भन्दैन थे कि ऊ जापानी हो भनेर। पाटनमा गएर एक दिन उहाँसँग भेटे। उहाँको त्यो काठमा कुँदेर बनाएको अक्षरको प्रतिभाले मलाई झन मेट्रिक्समा बनाउन हौसला र प्रेरणा जाग्यो। मैले त्यसपछि प्रचलित नेवारी लिपी पनि निक्कै समय लगाएर बनाए।
***
यसपछि लिम्बु भाषाको लिपी पनि बनाउनु पर्यो भनेर आउनुभयो एक जना लिम्बुको अग्रज। मैले त्यसको पनि लिपी आफ्नै हातले बनाएँ। त्यसपछि झन प्रचार हुन थाल्यो देवनागरिक कम्प्युटरको। पछि कृषि विकास बैंकले नेपाली क्प्युटर चाहियो भनेर आग्रह गर्न थाल्यो। कृषि विकास बैंकमा त्यतिबेला एप्पलको कम्प्युटर ल्याइएको थियो। तर अब नेपाली कम्प्युटर चाहियो उहाँरुहलाई। मैले सीआरटी मोनिटर पनि यही बनाएर दिँए। इन्टरफेसिङ कार्ड पनि यहीबाट बनाए।
कृषि विकास बैंकको डाइरेक्टर साहाब आउनुभयो मेरो ल्याबमा। उहाँले सोध्नुभो, ‘ त्यसो भए त नेपालीमा कार्यक्रमहरु पनि राख्न सकिन्छ बैंकको?’ मैले भने, ‘ सक्छौ नि । किन नसक्नु।’ त्यसपछि हामीले मिलेर कृषि विकास बैंकको स्टेटमेन्टको ‘सफ्टवेयर’ नेपालीमा बनायौ। त्यसमा मलाई श्रीहर्ष कोइरालाले सहयोग गर्नुभयो। बैंकको स्टेटमेन्ट सन् १९८५ मा नेपालीमा आइसकेको थियो त्यही कृषि बैंकबाट।
बैंकको स्टेटमेन्ट नेपालीमा बनाइसकेपछि अब प्रिन्ट गरेर दिनु पर्ने भयो। यसको लागि प्रिन्टर चाहियो।बाहिरबाट ल्याएको प्रिन्टरले नेपाली बुझ्दैनथ्यो। अंग्रेजी मात्रै सपोर्ट गर्ने। त्यो पनि नेपालीमै हुनु पर्यो। यसको लागि नेपाली नै ड्राइभर चाहियो प्रिन्टरको। त्यो ड्राइभर पनि नेपालीमै फेरि मैले बनाउनु पर्यो। मैले त्यसलाई पनि नेपाली स्टेटमेन्टको लागि तयार गरिदिएँ।अब बैंकमा नेपाली भाषाको ‘इन्ट्री’ भयो।
उनीहरुले नेपाली भाषामै अकान्ट बनाउन थाले। खाता खोल्ने ग्राहकहरुले नेपालीमै आफनो खाता खोलेको स्टेटमेन्ट पाउन थाल्यो। बैंकमा पनि नेपालीमै ग्राहकको नाम सुरक्षित भएर संग्रहीत भएर बस्न थाल्यो। उहाँहरुले त्यतिबेला फ्लोपी डिक्स प्रयोग गर्नुहुन्थयो। ग्राहक बढ्दै गएपछि उहाँलाई ९०० किलोवाइटको फ्लोपी डिक्स पुगेन। त्यतिबेला १० र २० मेगाबाइटको हार्ड डिक्स अमेरिकाबाट मगायो कृषि बैंकले र त्यसमा मैले इन्टरफेस कार्यक्रम बनाएर कृषि विकास बैंकमा पठाइदिएँ। त्यहाँ ग्राक खाता खुल्न सजिलो थाल्यो।

वैज्ञानिक मुनि बहादुर शाक्य।तस्बिर-झरना राई
एक जना ग्राहक पोखराबाट आउनु भएको थियो कृषि विकास बैंकमा खाता खोल्न। नाम उहाँको एलन गुरुङ। उहाँले कृषि विकास बैंकमा खाता खोलेपछि तुरुन्ताको तुरुन्तै बैंक स्टेटमेन्ट पाउनुभयो, ‘होल इन नेपाली’। त्यहाँ बैंकको गभर्नर साहेव, अर्थमन्त्री समेत हुनुहुन्थ्यो। सबैले त्यो एक पटक अचम्म मानेर हेर्नुभयो। त्यो मेरो लागि ‘हिस्टोरिकल मोमेन्ट’ भयो।
यसपछि यही देवनागरी कम्प्युटर अर्थ मन्त्रालयले पनि चलायो। हुँदा हुँदा अब यसको माग ठाउँ ठाउँबाट आउन थाल्यो। त्यतिबेला नेपालमा ‘युनाइटेड मिसन टु नेपाल’ले आफ्नो कार्यक्रमहरु नेपाली कम्प्युटरमा बनायो। अरु सरकारी कार्यालयहरुले कहीबाट पनि मगाएन र चलाएन पनि। मात्र कृषि विकास बैंकले जति चलायो-चलायो।
नापी विभागले पनि यही कम्प्युटर सन् १९८७ मा चलायो। त्यहाँ म पुगेर मन्त्री गुरुङलाई भेटेर सबै कुरा भनेँ, ‘ तपाईको सबै चीज म नेपाली भाषामा बनाइदिन्छु। लेजर प्रिन्टिङ। लालपूर्जा र अन्य कागजातहरु।’ आखिर मैले अन्तिममा नापी विभागको लालपूर्जा नेपाली भाषाको कागजमा प्रिन्ट हुने ‘डिजिटल फर्म’मा बनाइ दिएँ। त्यतिबेला लापूर्जामा औठा छाप, हस्ताक्षर,फोटो र तीन पुस्ते विवरणसहित आफैं आउने प्रविधि बनाइ दिएँ। सबै नेपाली कागजमा खररर लेजर प्रिन्ट हुन्थ्यो। त्यति देखेपछि मन्त्री गुरुङ जी पनि दङ्ग पर्नुभयो। उहाँले भन्नुभो, ‘ तपाई त हामीलाई एकदमै काम लाग्ने मान्छे हुनुहुँदो रहेछ।’ तर पछि नेपालभरीको नापी विभागमा डिजिटलाइज गर्ने र सजिलो बनाउने सपना भने अधुरै रह्यो।
त्यसपछि मैले सुपर कम्प्युटर र नेपालका विकट ठाउँमा टेलिमेडिसिनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर जुट्न थालेँ।
क्रमश…