
जनकपुरधाम – चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा जनकपुरमा पनि नेपाली कांग्रेसले प्रदर्शन गरेको छ ।
कांग्रेस कार्यकर्ताहरु अहिले जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रदर्शन गरिरहेका छन् ।
युवाहरुले चर्का नारा लगाउदै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न खोजेपछि त्यहाँ ठूलोसंख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् ।
कांग्रेस कार्यकर्ताहरुले डा. केसीले उठाएका मागहरु पूरा नगरे कडा आन्दोलनको चेतावनी दिएका छन् ।