धनगढीका करणले ल्याए ‘आमा’को सम्झनामा गीत

काठमाडौँ – धनगढीका गायक करण जोशीको नयाँ गीत बजारमा आएको छ । स्थानिय रिदम ब्याण्डका सदस्य समेत रहेका जोशीको शब्द, संगीत र स्वर रहेको आमा नामक गीत बजारमा आएको हो ।
आमाप्रति समर्पीत उक्त गीत आइतबार बिहान युट्युब मार्फत सार्वजनीक भएको भएको गायक जोशीले बताए ।
उनले केहि महिना अघि मात्रै निधन भएकी आमाको सम्झनामा उक्त गीत तयार पारेको बताए ।
उक्त गीतको म्युजिक भिडियोको छायांकन हरिश सिन्हाले गरेका हुन् ।