फोटो फिचर

भरतकेशर सिंहको अन्तेष्टि, पूर्वराजाको पनि सराहना

तस्बिरहरु- बर्षा शाह/ देश सञ्‍चार

काठमाडौँ- आइतबार बिहान निधन भएका विश्व हिन्दू महासंघका अध्यक्ष तथा पूर्वजर्नेल भरतकेशर सिंहको आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ।

अन्तेष्टिअघि उनलाई विभिन्न क्षेत्रका अगुवा, उनका शुभचिन्तक तथा हिन्दु कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली दिएका थिए।

पशुपति वनकालीमा उनलाई अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको श्रद्धाञ्जली लिएर उनका सहयोगी फणि पाठक पनि पुगेका थिए। पूर्वराजा ज्ञानेन्द्रले सिंहलाई अन्तिम श्रद्धाञ्जली दिँदै शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको पाठकले  जानकारी गराएका थिए। पूर्वराजाले हिन्दु परम्पराको उत्थान र सम्बर्द्धनमा सिंहको योगदानको प्रशंसासमेत गरेका थिए।

विश्व हिन्दू महासंघका अध्यक्ष तथा पूर्वजर्नेल सिंहको ८२ वर्षको उमेरमा आइतबर बिहान बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो।

पिसाब सम्बन्धी समस्या र पछि निमोनिया देखिएको भए पनि हृदयाघातका कारण सिंहको निधन भएको बयोधा अस्पतालले जानकारी दिएको छ ।

आफ्नो जीवनको लामो समय दरबारको सेवामा बिताएका सिंह तत्कालीन राजाका एडीसीसमेत हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहनिकट सिंह नेपाली सेनाका पूर्वउपरथी हुन् ।

साउन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्