विश्वकप जितेपछि जिरउडले पूरा गरे प्रतिबद्धता, काटे कपाल

फ्रान्सेली खेलाडीले विश्वकप फुटबलको उपाधि जितेमा यो गुर्छ, त्यो गर्छु भनेर विश्वकप अघि भनेका थिए ।

उनीहरुले रुसमा भएको विश्वकपमा सबैलाई पाखा लगाउँदै उपाधि उचाले । अब पालो खेलाडीले आफ्नो प्रतिबद्धता पूरा गर्ने आएको छ ।
विश्वकपअघि ओलिभर जिरउडले फ्रान्सले विश्वकपको उपाधि दोस्रोपटक उचालेमा आफूले कपाल काट्ने बताएका थिए ।

उनले त्यो प्रतिबद्धता पूरा गरेका छन् । उनले कपाल काटेका छन् । कपाल काटेपछिको तस्बिर सामाजिक सञ्जलामा पोस्ट गरेका छन् । श्रीमतीले छोराको नामाकारण संस्कार पछि मात्रै कपाल काट्न भनेकाले आफूले आइतबार कपाल काटेको जिरउडले बताएका छन् ।

उनीहरुको छोराको क्रिष्टिनिङ्ग आइतबार भएको छ । कप्तान ह्युगो लोरिसले पनि आफूले गरेको प्रतिबद्धता पूरा गर्न बाँकी छ । यस्तै ब्लाइस माटुइडीले पेरिसबाट तुरिन साइकलमा जाने तयारी छ ।

साउन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्