मलेठ घटनाको छानविन प्रदेश सरकारले गर्ने

जनकपुरधाम- प्रदेश नं २ को सरकारले मलेठ घटना बारे छुट्टै छानविन गर्ने निर्णय गरेको छ ।

मन्त्री परिषदको सोमबार बसेको बैठकले छानविनको लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोकत्वमा ३ सदस्यीय मन्त्री स्तरीय कमिटी गठन गरेको हो ।

समितिमा समाजिक विकास मन्त्री नवल किशोर साह र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह रहेका छन् ।

छानविन समितिको सदस्य समितिको सदस्यसचिवमा मुख्यन्यायधिवक्ता कार्यालयका उपन्यायधिवक्ता कृष्ण प्रसाद बराललाई राखिएको छ । समितिले १५ तिन भित्र मलेठ घटनाको निष्पक्ष छानविन गरि मन्त्री परिषदमा प्रतिवेदन पेश गर्नेछन ।

साउन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्