कांग्रेसले अवरोध गर्ने सुईको पाएपछि प्रदेश ७ को संसद बैठक सूचना टाँस गरेर स्थगित

शुक्रबार बसेको प्रदेशसभा बैठकमा उठेर बिरोध जनाउदै कांग्रेसका सांसदहरु । तस्बिर दिनेश ठकुल्ला/देश सञ्चार

धनगढी- प्रदेश ७ को प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न भन्दै शुक्रबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले विरोध जनाएपछि सभामुखले सोमबार दिउँसो ३ बजेका लागि बैठक डाकेका थिए ।

तर सोमबार पनि कांग्रेसले प्रदेश सभा बैठक चल्न नदिने सुईको पाएपछि संसद बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ ।

सभामुखको निर्देशनपछि सोमबारका लागि बोलाइएको संसद बैठक स्थगित भएको सूचना टाँस गरेको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिए ।

कांग्रेसका सांसदहरुले गोविन्द केसीका माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिएका थिए ।

साउन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्