कैलास मानसरोवरका तिर्थयात्रीलाई खानाको व्यवस्था

काठमाडौँ – मधुवन फुडले भारत, चीन र नेपाल बीचको सहकार्यमा कैलास यात्रामा जाने यात्रुलाई ‘सात्वीक’ भोजन उपलब्ध गराउँने भएको छ।
कम्पनीका एसोसियसन अफ कैलास टुर अप्रेटर (एक्टोन)का प्रेसिडेन्ट प्रालिका प्रकाश श्रेष्ठ र मधुवन फुडका प्रबन्ध निर्देशक सुमित प्रताप गुप्ताले सहकार्य मार्फत भोजन उपलब्ध गराउँने भएका हुन् ।

विगत लामो समयदेखि कैलाश मानसरोवर यात्राले नेपाल इकोनमीलाई सहयोग गर्दै आएकोे छ । श्रेष्ठ र गुप्ताले खाना, वासस्थान तथा यात्रुको सहजीकरणका लागि विभिन्न योगदान गर्दै आएका छन् ।

चाइना इन्डिया तिर्थ यात्रा सेवा केन्द्र (सिआईपीएसई) का प्रमुख कार्यकारी अधिकृत वान क्युन लिनले सहकार्यको मुख्य उद्देश्य तिर्थयात्रीलाई राम्रो सेवा, प्राकृतिक र स्वस्थ्य खानेकुरा प्रदान गरेको बताए । वानले भने ‘तिर्थयात्रुलाई चीनले निकै उत्कृष्ट सडक, होटल र अन्य सेवा सुविधा दिएको छ ।

यो चीन, नेपाल र भारत बीचको सहकार्यले यो यात्रालाई अर्को तहमा पुगाएको छ । गतवर्ष, करिब २० हजार तिर्थयात्रुले मानसरोबरको यात्रा गरेका थिए । यो वर्ष बिगत १० हप्तादेखि निरन्तर चलिरहेको यात्रामा मधुवनले ६ हजार ७ सय यात्रुलाई खानाको व्यवस्था गरिएको जनाएको छ।

साउन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्