गर्मी छल्‍न नदीमा नुहाउन जाँदा दुई युवाको मृत्‍यु

रौतहट- रौतहटमा नुहाउने क्रममा बाग्मती नदीमा डुबेर दुई जना युवकको मृत्यु भएको छ।

गर्मी छल्न बाग्मती नदिको चिसो पानीमा नुहाउन गएका तीन जना मध्ये सर्लाहीको लालबन्दि नगरपालिका–१७ रानीगञ्ज निबासी २२ वर्षीय सञ्जय बस्नेत र २२ बर्षिय राजेश बोलनको मृत्यु भएको छ।

सोही नगरपालिका निबासी २२ बर्षीय राम बहादुर श्रेष्ठ पौडी खेलेर बाच्न सफल भएका छन्। गर्मी छल्न आईतवार रौतहट स्थित बागमती नदीमा नुहाउन गएका तीन जनासाथी मध्ये दुई जना वेपत्ता भएका थिए ।

उनीहरुको शव सोमबार घटना भएको स्थलबाट एक किलोमिटर दक्षिण नदि किनारमा भेटिएको प्रहरीले जनाएको छ।

नदिमा डुबेर मृत्यु भएकाको शव पोष्टमार्टम पछि परिवारजन लाई बुझाईने ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

साउन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्