सारीले चेल्सीबाट गरे विजयी सुरुवात

चेल्सीका प्रशिक्षक साउरिजिओ सारीले क्लबमा आफ्नो पहिलो खेलमा जित निकालेका छन् । अस्ट्रेलियामा भएको मैत्रीपूर्ण खेलमा चेल्सीले पर्थ ग्लोरीलाई १–० ले हराएको हो ।

सोमबार भएको खेलमा पेड्रोले गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । बार्सिलोनाकाका पूर्व खेलाडीले पेड्रोले पहिलो हाफमा गरेको गोलले नै सारीलाई पहिलो खेलमा जित दिलाएको हो ।

यो खेलमा सारीले तीन किशोर खेलाडीलाई मैदान उतारेका थिए । क्यालम हड्सन–ओडोइ, मार्किन बुल्का र इथन एम्पाडुले चेल्सीबाट खेलेका थिए । अस्ट्रेलियाको ए–लिग टिमसँगको खेलमा नापोलीबाट ५० मिलियन पाउण्डमा आएका मिडफिल्डर जोर्गिन्होले पनि खेलेका थिए ।

साउन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्