पश्चिम र पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने, अरु ठाउँको मौसम कस्तो ?

काठमाडौँ – देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी गतिविधि सक्रिय रहेकाले पूर्वदेखि पश्चिमका सबै क्षेत्रको मौसम बदली हुने र हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसमविदले बताए ।

यस्तै पश्चिम र पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि छ । काठमाडौँसहित मध्य क्षेत्रमा भने मौसम सामान्यदेखि पूर्ण बदली हुने र हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसमविदले बताए ।

यस्तै मंगलबार राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बलदी हुने र पानी पर्ने सम्भावना रहेको छ ।

साउन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्