प्रदेश २ मन्त्री परिषदबाट ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति

जनकपुरधाम – प्रदेश नं. २ को मन्त्री परिषदले ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । मन्त्री परिषदको बैठकले ती विधेयकहरुलाई प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको हो ।

मन्त्री परिषदको बैठकले प्रदेश लोक सेवा आयोग (कार्याविधि) गठन सम्बन्धि विधेयक, प्रादेशिक प्रशासनका लागि आवश्यक कर्मचारी भर्ना सम्बन्धि विधेयक, गाँउसभा र नगर सभाको कानून निर्माण प्रक्रिया सम्बन्धि विधेयक, प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश फ्रिक्वेन्सी मोडुलेशन (एफएम रेडियो) र टेलिभिजन संचालन र नियमन सम्बन्धि विधेयक र लैङ्गिक तथा घरेलु हिंसा नियन्त्रण गर्न बनेको विधेयक २०७५को मस्यौदा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

मन्त्री परिषदले सैद्धान्तिक सहमति प्रदान गरेपछि सम्बन्धित मन्त्रालयले विधेयक मस्यौदा तयार गरि प्रक्रियामा लग्ने जनाएको छ ।

साउन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्