डा.केसीका समर्थकहरुद्वारा साँझमा पनि प्रदर्शन

झमझम झरीमा समाजवाद खोज्दै टिचिङदेखि वालुवाटारसम्‍म ‘टर्चलाइट र्‍याली’

मंगलबार साँझ आयोजित 'टर्चलाइट र्‍याली, खोजी समाजवादको' अन्तर्गत र्‍यालीमा सहभागी हुँदै चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीको आन्दोलन र मागमा ऐक्यबद्धता जनाएका समर्थनकहरु। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं- साँझको बेला, झम झम झरी परिरहेको छ।झरीको पर्वाह नगरी कोही टाउँकोमा हेल्मेट त कोही टर्चलाइट बालेका, हातमा नारा लेखिएको पम्प्लेट बोकेर हिडिरहेका छन् लाइन लागेर। पमप्लेटमा लेखिएको छ, ‘ समाजवाद उन्मुख नेपाल हाम्रो चाहना।’

उनीहरु अरु कोही नभएर चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीको आन्दोलन र मागमा ऐक्यबद्धता जनाएका समर्थनकहरु हुन। मंगलबार साँझ आयोजित ‘टर्चलाइट र्‍याली, खोजी समाजवादको’ अन्तर्गत र्‍यालीमा उनीहरुले यसतो प्रदर्शन गरेका हुन्।

महाराजगञ्‍ज शिक्षण अस्पतालदेखि निकालिएको र्‍याली प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारसम्‍म टर्च बाल्‍दै प्रदर्शन गरेका हुन्।

यता, डा. केसीको समर्थकको पहलमा आइतबारदेखि बसन्तपूरमा सामूहिक सत्याग्रह थालिएको छ भने कोही सरकारले प्रतिबन्ध घोषणा गरेको माइतीघर मण्डलामा पटक पटक प्रदर्शन गर्दै आएका छन्।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्नो क्‍यामेरामा कैद गरेका तस्बिरहरु

 

साउन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्