पोखराबाट हराएका बालक दुई दिनपछि सम्पर्कमा आए

पोखरा- पोखरा महानगरपालिका वडा नं ५ बाट आइतबार साँझ ५ बजेबाट सम्पर्क विहिन भएका बालक आज भैरहवाबाट भेटिएका छन् ।

फेवा फोटो स्टुडियो पोखराका सञ्चालक टिकाराम पराजुली र आमा रिता पराजुलीका १४ वर्षिय छोरा अन्जान साथिको बर्थ डे मनाउन भनि घरबाट निस्केपछि सम्पर्क विहीन भएका थिए । पोखरको स्टेपबाई स्टेपमा कक्षा ८ मा अध्ययनरत अन्जानको बारेमा सामाजिक सञ्जालबाट ब्यापक खोजिको लागि अपिल गरिएको थियो ।

पोखराबाट बुटबल जाने बसमा चढेको भन्ने खबर प्राप्त भएपछि सो स्थान तिर प्रहरी , आफन्त र शुभचिन्तकबाट खोजि कार्यलाई तिब्र बनाइएको थियो । आज ९ बजे सुनौली बसपार्कबाट अन्जानले आमा रीता पराजुललाई आफु सुनौली बसपार्कमा रहेको खबर गरेपछि उनी आफन्तको सम्पर्कमा आएका हुन्।

एक जना साथीले लगेको भन्ने कुरा आए पनि त्यस साथिको बारेमा परिवार जनले अहिले केहि खुलाएका छैनन्। बुबा पराजुलीले भेन ‘अहिले अन्जान भेटिए हामी खुशी छौ। अरु थप विषयको बारेमा अहिले भन्न असमर्थ छौ।’

साउन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्