पाकिस्तान : सेनाको डरमा हुर्किँदै गरेको लोकतन्त्र र चुनाव

पाकिस्तानमा आम चुनाव : सत्ता दौडमा कसको पल्ला भारी ?

पाकिस्तानमा बुधबार आम चुनावको मतदान हुँदैछ । पाकिस्तानी नागरिकले नयाँ जनप्रतिनिधि चयनका लागि आफ्नो मताधिकारको प्रयोग गर्दैछन् । देशको इतिहासमा हुन लागेको यो ११ औँ चुनाव हो ।

तर पाकिस्तानको लोकतन्त्र र चुनाव जहिले केन्द्रमा रहने गरेको छ, कारण सकारात्मक भन्दा पनि भय । पाकिस्तानको लोकतन्त्रले राम्रोसँग हुर्किने मौका पाएको छैन । प्राय चुनावमा देशको शक्तिशाली सेनाको प्रभाव रहने गरेको छ ।

यसले गर्दा चुनाव स्वतन्त्र र निष्पक्ष हुनेमा आशंकाहरु उत्पन्न हुने गरेका छन् । सेनाको इतिहास हेर्दा कि त निर्वाचित सरकारलाई हटाएर सत्ताको बागडोर आफ्नै हातमा लिएको छ । नभए पनि उसले आफ्नो पक्षमा रहेकालाई सत्तामा पु¥याउने र विपक्षमा रहेकालाई सत्तामा टिक्न नदिने गरेको देखिन्छ ।

यस्तै इतिहासका बिच पाकिस्तानी राजनीतिक दल मंगलबार जनता समक्ष आफ्ना प्रतिबद्धता र वाचाको परीक्षण गर्दै छन् । झण्डै १० करोड ६० लाख मतदातले संसदको तल्लो सदन र चार प्रान्तका संसद सदस्य चुन्नका लागि मतदान गर्दैछन् ।

चुनावको पूर्वसन्त्तयामा भएका सर्वेक्षणले पूर्व क्रिकेटर इमरान खानको पार्टी, पिटिआईले नवाज शरीफको पार्टी पिएमएल–एनलाई उछिन्ने देखिएको छ । मतदान स्थानीय समय अनुसार बिहान ८ बजे (बिहान पौने ९ बजे) देखि सुरु हुन्छ ।

यो मतदानबाट २७२ सांसद प्रत्यक्ष निर्वाचित हुनेछन् । यस्तै ७० सिट जुन महिला तथा सीमान्तकृतका लागि छुट्याइएको छ, त्यो पाँच प्रतिशत भोट ल्याउने पार्टीबिच बाँडिने छन् ।

पाकिस्तानमा पछिल्लो पटक पाकिस्तानमा एक सेना प्रमुखले जनताले चुनेको सरकारलाई हटाएर अर्थात सैन्य कु गरेर शासन सत्ता आफ्नो हातमा लिएको १९ वर्ष भएको छ । त्यसपछि दुईपटक लोकतान्त्रिक चुनाव भयो । उनीहरुले सत्ता चलाए ।

तर पाकिस्तानी राजनीतिमा अनिश्चिता भने जहिले कायम रहेको छ । पछिल्लो पटक गएको वर्ष पूर्व प्रधानमन्त्री नवाज शरीफलाई पदबाट हटाएपछि सरकारले आफ्नो कार्यकाल पूरा गर्न नसक्ने अनुमान गरिएको थियो र डर थियो कि फेरि सेना सत्तामा आउने छ । तर संसदले आफ्नो कार्यकाल पूरा गरेको छ ।

पाकिस्तानमा सन् २०१३ मा चुनाव भएको थियो । पाँच वर्षअघि र अहिलेको अवस्था पूरै फरक रहेकाले सत्ता समिकरण फर हुने राजनीतिक विश्लेषकले बताएका छन् ।

नवाज शरीफमाथि लागेको भ्रष्टाचार आरोप, धार्मिक दलको प्रभाव तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रभावका कारण पाकिस्तानको परिवेश परिवर्तन भएको छ । यस्तै बलियो बनेर उदायका इमरान खान, टक्कर दिन तयार रहेका बिलावल भुट्टोसहितले चुनावलाई थप रोमाञ्चक बनाएका छन् ।

पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियम भ्रष्टाचार आरोपमा जेल गएपछि पाकिस्तानको राजनीतिमा ठूलो उथल–पुथल भएको छ । तर पनि उनको पार्नी मुस्लिम लिग ९नवाज० लाई अहिले पनि सत्ताको दौडमा कडा प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

अब सत्तामा को आउला ?


मुस्लिम लिग (नवाज)

मुस्लिम लिग ९नवाज०, पिएमएल–एन निवर्तमान सत्तारुढ पार्टी हो । यो पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ हुन् ।

सर्वोच्च अदालतले नवाज शरीफलाई सार्वजनिक पद वा पार्टीको अध्यक्ष पदमा रहन नपाउने गरी रोक लगाएको छ । यसपछि पार्टीको नेतृत्व भाइ शहबाजमा आएको हो । पिएमएल–एन पाकिस्तानको सबैभन्दा ठूलो राजनीतिक दल हो र उसले आफूलाई अल इन्डिया मुस्लिम लिगको उत्तराधिकारी रहेको दाबी गर्छ ।

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पञ्जाब यो पार्टीको गढ क्षेत्र हो र धेरै ठूला व्यापारी यो पार्टीका नेता छन् । पिएमएल–एल तीनपटक केन्द्र तथा पञ्जाब प्रान्तको सत्तामा रहेको छ । सन् १९९२ मा पाकिस्तान मुस्लिम लिग विभाजन भएपछि पिएमएल–एन अस्तित्वमा आएको हो ।

नवाज शरीफमाथि पूर्व सैन्य शासक जिया उल हकमो नजिक रहेको आरोप लाग्ने गरेको छ । जिया उल हकले नै सन् १९८१ म नवाज शरीफलाई सांसदका रुपमा मनोनित गरेर उनको राजनीतिक जीवन अघि बढाएका थिए ।

सन् १९९९ मा पाकिस्तानमा भएको सैन्य कु पछि पिएमएल–एन सत्ताबाट हटेको थियो र पार्टीका नेताले साउदी अरेबियामा शरण लिएका थिए । ८ वर्षको निर्वासनपछि सन् २०१३ मा पार्टी फेरि सत्तामा आयो ।

पानामा पेपर्स बाहिरिएपछि सन् २०१७ को जुलाईमा पार्टी अध्यक्ष नवाज शरीफले भ्रष्टाचारको गम्भीर आरोपमा पद छोड्नु र्पयो । सर्वोच्च अदालतले उनलाई कुनै पनि सार्वजनिक पदमा बस्न नपाउने गरी आजीवन प्रतिबन्ध लगाएको छ ।

पार्टीको नेतृत्व पूर्व तानाशाह जिया उल हकको रेखदेशमा रहे पनि अहिले यो पार्टी देशको शक्तिशाली सेनासँगको टकरावमा छ । पछिल्ला वर्षहरुमा पार्टीको धारणमा धेरै फेरबदल भएको छ।

परम्परावादी र दक्षिणपन्थी तथा परिवर्तन विरोधी दलको परिचय फेर्दै अहिले परिवर्तनको पक्षपाती र विकासमा केन्द्रित उदारवादी दलको रुपमा उदायको छ ।

पदबाट हटेपछि नवाज शरीफले लगातार सेना तथा न्यायपालिकामाथि टिप्पणी गरिरहेका छन् । उनी आफूलाई प्रधानमन्त्रीबाट हटाउन सेना र अलदालको मिलिभग रहेको आरोप लगाउने गर्छन् ।

नवाज शरीफ चुनाव लड्नका लागि योग्य नभए पनि पिएमएल–एनको चुनावी अभियानको नेतृत्व उनले नै गरेका छन् । उनी छोरी मरियमले पार्टीको झण्डा थामेकी छन् ।

राजनीतिक विश्लेषकका अनुसार सेना पिएमएल–एनलाई होइन नवाज शरीफलाई सत्ताबाट बाहिर रहेको देख्न चाहन्छ । तर सेनाले आफूले राजनीतिक हस्तक्षेपमा हात नहालेको र तथस्ट रहेको बताउने गरेको छ ।

केही समयअघि मात्रै पाकिस्तानको भ्रष्टाचार विरोधी अदालतले नवाज शरीफ र उनकी छोरी मरियम नवाजलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै जेल चलान गरेको छ ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

पाकिस्तानको प्रमुख प्रतिपक्ष दल हो, पिटिआई । पाकिस्तानका पूर्व क्रिकेट कप्तान इमरान खानले सन् १९९६ मा परिवर्तनको नारासहित यो पार्टीको गठन गरेका थिए ।

सुरुमा यो पार्टीलाई जनताले पत्याएनन् । सन् २००२ को चुनावमा संसदमा स्थान बनाउन सफल पार्टीका अध्यक्ष इमरान मात्रै एक व्यक्ति थिए । तर सन् २०११ अक्टोबरमा लाहोरमा एक विशार्ल याली गरेर इमरान खानले राजनीतिक विरोधीहरुलाई जिल पारे । त्यसपछि उनी पाकिस्तानी राजनीतिमाका बलियो र शक्तिशाली व्यक्ति बनेर अघि आए ।

इमरानको त्र्यो यालीमा एक लाख भन्दा बढी सहभागी थिए र धेरै शिक्षित शहरी युवाहरु थिए । पिटिआईले पाकिस्तानलाई भ्रष्टाचार मुक्त बनाउने र सामाजिक परिवर्तन ल्याउने दाबी गर्दै अघि बढेको छ । यो पार्टीले स्वास्थ्य, शिक्षा र सामाजिक न्याय व्यवस्थामा सुधार गरेर जन कल्याणकारी राज्य स्थापना गर्ने दाबी गर्ने गरेको छ ।

सन् २०१३ को चुनावमा पिटिआईले ७५ लाख भोट पायो र देशको दोस्रो ठूलो पार्टी बन्यो । इमरान खानले केन्द्रमा सरकार बनाउन त सकेनन् तर खैबर पख्तुनख्वाह प्रान्तमा सरकार बनाए ।

इमरानले नवाज शरीफमाथि चुनावमा धाँधली गरेको आरोप लगाउँदै सन् २०१४ शरीफलाई पदबाट हटाउन माग गर्र्दै याली गरे ।

त्यसपछि उनका कार्यकर्ताले इस्लामाबादमा ६ महिनासम्म धर्ना दिए, नवाज शरीफ सरकारमा हलचल आयो । इमरान खान नवाज शरीफका सबैभन्दा कडा आलोचक हुन र उनको पार्टी नवाज शरीफमाथि भ्रष्टाचारको मुद्दा दर्ता गर्नेमा प्रमुख निवेदक हो ।

यही मुद्दाका कारण नवाज शरीफमाथि आजीवन सार्वजनिक पदमा रहन नपाउने गरी प्रतिबन्ध लाग्यो ।

पाकिस्तान पिपुल्स पार्टी (पिपिपी)

पूर्व प्रधानमन्त्री जुल्फिकार अली भुट्टोले सन् १९६७ मा पाकिस्तान पिपुल्स पार्टी गठन गरेका हुन् ।

उनले पिपिपीलाई वामपन्थी समाजवादी पार्टीको रुपमा पेश गरेका थिए । भुट्टोलाई सैन्य शासक जिया उल हकले फासी दिएका थिए ।

त्यसपछि उनकी छोरी बेनजीर भुट्टोले पार्टीको नेतृत्व गरिन् । उनी देशको प्रधानमन्त्री पनि बनिन् । अहिले बेनजीरका छोरा बिलावल भुट्टोको हातमा पार्टीको नेतृत्व छ ।

आफ्नो बुवालाई फासी दिइएपछि पार्टीको नेतृत्व सम्हालेकी बेनजीरले पाकिस्तानमा लोकतन्त्र बहालीको माग गर्दै आन्दोलन गरिन् । सन् १९८८ उनी सत्तामा पुगिन् । उनी १९८८ देखि १९९३ सम्म प्रधानमन्त्री बनिन् तर कार्यकाल पूरा गर्न सकिनन् । सन् २००८ मा बेनजीरको हत्या भएपछि पिपिपी फेरि सत्तामा आयो ।

तर पार्टीको प्रभाव कमजोर हुन थाल्यो । विशेष गरी पञ्जाबमा र पछि बिस्तारै पूरै देशमा पार्टी कमजोर देखियो । तर अहिले पनि सिन्धमा यो पार्टीको प्रभाव कायम छ ।

पिपिपी केन्द्रको सत्तामा आउन नसक्ला तर पिएमएल–एन र पिटिआईलाई कडा चुनौती भने दिने चुनावी विश्लेषकले बताउने गरेका छन् ।

धार्मिक पार्टीहरु

पाकिस्तानमा धार्मिक पार्टीको आधार पनि बलियो छ । धार्मिक पार्टी अहिलेसम्म केन्द्रको सत्तामा आएका छैनन् तर केन्द्र तथा प्रान्तिय सरकारमा उनीहरु किङ्ग मेकर बन्ने गरेका छन् । यो पटक पनि धार्मिक समूहले चुनावी दौडमा भाग लिँदै छन् ।

मुत्ताहिदा–मजली–ए–अमाल पाँचवटा धार्मिक पार्टिको पुरानो गठबन्धन हो र यो फेरि चुनावी मैदानमा छ । एमएमए मुलधारका पार्टीसँग गठबन्धनमा पनि सामेल छ ।

तहरीक–ए–लब्बैक या रसूलअल्लाह पाकिस्तानको इशनिन्दा विरोधी पार्टी हो, उसले गएको नोभेम्बरमा इस्लामाबादमा बन्द गरेको थियो । यो पार्टी पनि चुनावमा सक्रिय छ । यो पार्टीले पूर्व कानुन मन्त्री जाहिद हमीदमाथि इशनिन्दाको आरोप लगाउँदै राजीनामा माग गरेको थियो ।

यस्तै कनाडामा रहेका धर्मगुरु अल्लामा ताहिर–उल–कादरीको पार्टी पाकिस्तान अवामी तहरीकले पनि यो चुनावमा भाग लिँदैछ ।

योसँगै भारत विरोधी जमात–उद–दावाका समर्थक पनि चुनावमा सक्रिय छन् । हाफिज सईदका छोरा तलहा हाफिज पनि अल्लाह–हू–अकबर तहरीक पार्टीको टिकटमा चुनावी प्रतिस्पर्धामा छन् ।

– एजेन्सीहरुको सहयोगमा

साउन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्