वार्ता निर्णायक हुने केसी पक्षको आशा

डा. केसी र सरकारबीच वार्ता सुरु

काठमाडौँ – उच्चस्तरीय बैठकले अनकुल वातावरण निर्माण गरिदिएपछि अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच  वार्ता सुरु भएको छ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको करिब चार घण्टे बैठकले डा. केसीका सात माग मध्ये ६ वटा पूरा गर्न सकिने र बाँकी एक पूरा गर्नका लागि थप छलफलको आवश्यकता रहेको निष्कर्ष निकालेको थियो।

बैठकमा प्रधानमन्त्री ओलीसँगै उनका पार्टी समकक्षी पुष्पकमल दाहाल प्रचण्ड, नेता सुवास नेम्वाङ, चिकित्सा शिक्षा नीति निर्माण उच्चस्तरीय कार्यदलका अध्यक्ष एवं त्रिभुवन विश्व विधालयका पूर्व उपकुपति केदारभक्त माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्तोला, डा. दिव्या सिंह लगायतको सहभागिता थियो।

सोही बैठकमा प्रधानमन्त्री ओलीले सरकारद्धारा गठित वार्ता टोलीका संयोजक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, गृहमन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहोनीलाई बोलाएर डा. केसीपक्षसँग वार्ता गर्न निर्देशन दिएको थिए।

प्रधानमन्त्री ओलीले निर्देशनपछि सरकारी वार्ता बरालको टोलीले वार्ताका लागि डा. केसी पक्षलाई शिक्षामन्त्रालय बोलाएको हो।

वार्ताले निर्णायकरुप लिने र बुधबार या बिहीबार डा. केसीले अनशन तोड्नेमा आफूहरु आशावादी रहेको डा. केसीका तर्फबाटा वार्तामा संलग्न डा. अभिषेक सिंहले बताए।

साउन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्