तुलसीपुर उपमहानगरपालिका अबदेखि ‘स्पोर्ट सिटी’

स्पोर्ट सीटी घोषणाको प्रमाणपत्र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गर्दै सभामुख कृष्णबहादुर महरा,युवा तथा खेलकुद मन्त्री जगत विश्‍वकर्मा।तस्विरः दशरथ घिमिरे/देश सञ्‍चार

दाङ-दाङको तुलसीपुर उपमहानगरपालिकालाई स्पोर्ट सिटी घोषणा गरिएको छ। खेलकुदको क्षेत्रमा नमुना बनाउन तुलसीपुर उपमहानगरपालिकालाई स्पोर्ट सिटी घोषणा गरिएको हो।

राष्ट्रिय युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषदले स्पोर्ट सीटी घोषणा गर्दै नगरप्रमुख घनश्याम पाण्डेलाई घोषणा प्रमाण पत्र हस्तान्तरण गरेको छ।

बेलुझण्डीमा रंगशाला शिलान्यास कार्यक्रममा सभामुख कृष्णबहादुर महरा, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले स्पोर्ट सिटी घोषणको प्रमाण पत्र नगर प्रमुख पाण्डेलाई हस्तान्तरण गरे।

‘हरेक वडामा एउटा एउटा खेल मैदान हुन्छ। तीन वटा वडाको बीचमा एउटा कवर्ड हलको अवधारणा छ’तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेले भने–‘स्थानिय स्तरदेखि अन्तर्राष्ट्रिय स्तर सम्मका खेलकुद प्रतियोगिता हुन्छ।’

खेलाडि उत्पादन र खेल पूर्वाधार विकासमा ध्यान दिन्छौं।’ आर्थिक वर्ष २०७५/०७६ मा तुलसीपुर उपमहानगरपालिकाले करिव एक करोड बजेट विनियोजन गरेको छ।

साउन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्