प्रदेश २ मा तेस्रो पटक सरकार विस्तार, तीन राज्य मन्त्रीले लिए सपथ

प्रदेश २ मा सरकार विस्तारपछि सपथ लिँदै राज्य मन्त्रीहरु डा. डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डल। तस्बिर-प्रतिभा झा/देश सञ्‍चार

जनकपुरधाम- प्रदेश नं. २ मा बुधबार तेस्रो पटक सरकार विस्तार भएको छ।राजपाले राज्यमन्त्रीमा सिफारिस गरेका डा. डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डलले आज सपथ ग्रहण गरेका छन्।

तीनै जनालाई प्रदेश प्रमुख रत्नेश्वर लालकायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन्। डा.डिम्पल झा भौतिक योजना राज्यमन्त्री, अभिराम शर्मा समाजिक विकास राज्यमन्त्री र सुरेश मण्डल वन पर्यटन राज्यमन्त्रीको जिम्मेवारी पाएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जनाएका छन्।

प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले राज्यमन्त्रीलाई नेपाली भाषमा सपथ खुवाउँदा डिम्पल झाले हिन्दी र अभिराम शर्मा र सुरेश मण्डलले मैथिली भाषामा पद तथा गोपिनयताको सपथ ग्रहण गरेका छन्।

सो अवसरमा प्रदेश प्रमुख रत्नेश्वसर लाल कायस्थ, सभामुख सरोज कुमार यादव, मन्त्रीद्वय विजय यादव र जितेन्द्र सोलन, रामनरेश सिंहका साथै विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति थियो।

भौतिक पुर्वाधार राज्यमन्त्री सपथ डिम्पल झा राजपा अध्यक्ष मण्डलका अनिल झाकी पत्नी हुन भने अभिराम शर्मा मधेश आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरमा भएको प्रहरी सहायक निरिक्षक थमन विक हत्या काण्डमा प्रहरीले ‘मस्ट वाण्डेट’ सुचिमा रहेका थिए र सुरेश मण्डल केन्द्रिय सदस्य हुन् ।

यसअघि गत फाल्गुन ३ गते संघीय समाजवादी फोरमको तर्फबाट मुख्यमन्त्रीमा लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्रीमा विजय यादव र राजपाबाटबाट भौतिक पूर्वाधार मन्त्रीमा जितेन्द्र सोनलले शपथ लिएका थिए।

यस्तै, फागुन १६ गते प्रदेश २ को मन्त्री मण्डल दोस्रो पटक विस्तारमा संघीय समाजवादी फोरमबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमा शैलेन्द्र साहले शपथ लिएका थिए।

यसैगरी राजपाबाट सामाजिक विकास मन्त्रीमा नवलकिशोर साह र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा रामनरेश राय र फोरमबाटै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सरोज सिंह, भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा योगेन्द्र राय यादव र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा उषा यादवले शपथ लिएकी थिइन्।

साउन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्