कस्तो छ तपाईँको साउन महिनाको राशिफल?

श्रावण सक्रान्ति:

सूर्य कर्कट राशिमा प्रवेश गर्दा श्रीसूर्य नारायण उत्तरायण हुन्छन्। अयन र ऋतु दुवै परिवर्तन हुने समय वर्षमा दुईपटक हुन्छ श्रावणमा र माघमा। पूर्वीय शास्त्रमा यसको निकै महत्व छ। आषाढ शुक्ल पञ्चमी तिथि पूर्व फाल्गुनी नक्षत्र परिघ योग बवकरण भौमवार बिहान १०।२२ बजे कन्या लग्न सिंह राशिमा मास प्रयोग भएको छ। मास देवता श्रीधर मासदेवी कान्तिमति। महिना प्रारम्भ लग्न कन्या राशि सिंह एकादश सूर्य ग्रहण योगका साथ बुधयुक्त भएको हुँदा आर्थिक उन्नति त हुन्छ नै संयम नभएमा आर्थिक हिनामिना बढ्नेछ। लग्नादि पति एकादश भावमा शुभ रहे पनि व्ययस्थानमा लाभेष बसेकाले आर्थिक संकट बढ्नेछ। राज्याधि पति बुध सूर्यका साथ ग्रहण योग बनाएर बसेको हुँदा राजनीतिक संकट बढ्नेछ। द्वितीय भावमा गुरुको बसाइले मित्रभावको प्रस्तुत गरे पनि चतुर्थभावमा शनि बसेकोले मित्रभाव औपचारिकतामा सीमित हुनेछ। पन्चमा रहेको मंगल केतुले राज्य संचालक हरुको वेला वेलामा मति भ्रम गर्नेछ। कूटनीतिक क्षेत्र सकारात्मक दिशामा उन्मुख हुनेछ। धार्मिक कार्यमा मानिस बढी अग्रसर हुनेछन्। नयाँ र सिर्जनशीलकाममा वौध्दिक वर्ग उत्साहित हुनेछन्।

मेष
ग्रह गोचर त्यति प्रतिकूल देखिन्न। घरेलु समस्याले सताउनेछ। मित्रहरुले धोका दिनेछन्। विश्वास गरेकाहरुले धोका दिँदा बद्नाम हुन सक्छ। समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन्। शैक्षिक क्षेत्रमा घरेलु कारणले बाधा आउनेछ। वैदेशिक कार्यमा र व्यवसायमा घरबाहिर बसेर गरेको निर्णय बढी प्रभावकारी हुनेछ। नोकरी तथा राजनीतिमा प्रतिस्पर्धाले मात्र सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। भाग्य बलियो छ। धन लाभ पनि राम्रै हुनेछ। संयमता भने महिना भरि नै अपनाउनु पर्नेछ। प्रेम गर्ने अवसर मिल्नेछ। वैवाहिक कुराहरु अघि बढ्नेछन्। नयाँकामको सुरुवात हुनेछ। सफलताको लागि गोपनीयतामा जोड दिनुहोला।

बृष
महिनाको ग्रह गोचर राम्रो छ। मनमा उत्साह र शरीरमा उमंग बढ्नेछ। नयाँ कामहरु गर्ने अवसर मिल्नेछ। भाग्य बलियो हुनुको धन मनग्य कमाउने अवसर मिल्नेछ। मान सम्मान पाउने योग छ। बैदेशिक कार्यमा संलग्न हुने र अरुको विस्वास जितेर काममा सफलता पाउने योग छ। पढाइमा सफलता राम्रै मिल्नेछ। बुद्धिको तारिफ पनि होला। यात्रा गर्ने अवसर पनि मिल्नेछ। अरुको विश्वास जित्न सकिने भएपनि शनि वृहस्पति प्रतिकूल भएकाले बोल्दा विचार पुर्‍याउनु होला। कुरा काट्नेहरुले मौका हेरेर फसाउने प्रयत्न गर्नेछन्। घरेलु समस्याले सताउने हुँदा सफलताको लागि घरबाहिरै रहनु उचित हुनेछ।

मिथुन
अलि विबाद गर्नु परे पनि समग्रमा महिना राम्रो छ। बौध्दिकताले मान सम्मान मिल्नुको साथै शुरुवात गरेका कामहरु विचार गरेर अगाडि बढाउँदा ठूला व्यक्तिसँग अन्तरक्रिया गरेर सबै समस्या पार लगाउन सकिनेछ। भाग्यले साथ दिनेछ। ठूलो आम्दानीको अवसर मिल्नेछ। शैक्षिक कार्यमा सम्लग्न भई अरुको विस्वासले सफलताको मार्ग प्राप्त हुनेछ। नोकरी तथा राजनीतिमा प्रतिस्पर्धा शत्रुसँग गर्नु परे पनि आफ्नो लक्ष पूरा हुनेछ। पराक्रम बढ्नु्को साथै अधुराका बन्ने तथा नयाँ काम पाउने योग छ। मंगलको प्रतिकूलताले नैराश्य र उदासीनताले गर्दा बोलीको प्रभाब नपर्ने भएकोले सबै कार्य असहज बन्नेछन्। शत्रुले सताउँदा सोच्ने शक्तिमा ह्राश आउनेछ। अरुले कुरा काट्ने छन्। धर्ममा अरुचि बढ्ने मन खिन्न हुने र धनमाल हराउन सक्छ। महत्व पूर्णकाम गर्दा सोचेर गर्नु बेश।

कर्कट
ग्रह गोचर राम्रो रहनेछ। शुरुमा वैदेशिक कार्यमा संलग्न भई अरुको साथ पाउँदा मनोबल बढ्ने आँटेको काममा सफलता मिल्ने क्रम यथावत रहनेछ । विश्वास गरेकाले साथ नदिने र कुरा काट्नेहरु षड्यन्त्र गर्न थाल्ने भएकोले संयम भएर काम गर्नुपर्ला। परिश्रम गर्दा धन मनग्य कमाउने अवसर मिल्नेछ। पराक्रमको गति अरु बढ्नेछ। अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। व्यापारमा सुधार आउनेछ। यात्रा गर्ने अवसर पनि मिल्नेछ। भेटघाटमा रमाउनेछ। राज्यमा आफ्नो दक्षता प्रस्तुत गर्ने अवसर पनि मिल्नेछ। अरुले विश्वास पनि गर्नेछन्। भाग्यले पनि साथ दिनेछ। बृहस्पतिको प्रतिकूलताले आफन्तहरुको उपेक्षाले मनलाई अशान्त बनाउने छ। निर्णय गर्न गाह्रो हुने भएकोले काम गर्द सोचेर गर्नु पर्ला।  उतारचढावको सामना डटेर गर्नुपर्ला।

सिंह
यो महिना ग्रहले मध्यम फल दिनेछ। सूर्य राहुको ग्रहण योगको प्रतिकूलताले स्वास्थ्यमा संकट आउने। विबाद बढ्ने तथा चिन्ता बढ्ने योग छ। अरुको काम धेरै गर्नूपने तर जस नपाउने भएकाले विचार गर्नुपर्ला। कुरा काट्नेहरु बढ्नेछन्। विस्वास गरेकाले धोका दिनेछन्। धनमाल हराउन सक्छ। झुटा आरोप लाग्ने सम्भावना भएकोले गोपनीयतामा जोड दिनुहोला। अन्य ग्रहको अनुकूलताले परिश्रमले मनग्य धन कमाउने र व्यापारमा गरेको लगानीमा प्रगति राम्रो छ। प्रयत्न गर्दा काममा पनि सफलता मिल्नेछ। पढाइमा लाभ पाउने योग छ। मान सम्मान पाउनुहोला। जोस र जाँगर धेरै बढ्ने भएकाले नयाँ काममा संलग्न भई सफलता प्रप्त गरेर आनन्द पनि लिनुहोला। धन आर्जन पनि राम्रै हुनेछ। नोकरी तथा राजनितिमा सफलता पाउने योग छ।

कन्या
समय राम्रो भएपनि शनि अढैयाको प्रतिकूल प्रभावले खर्च बढ्ने विबाद बढ्ने र शत्रु बढ्ने भएकोले गोपनीयता अपनाउनु उचित हुनेछ। स्वास्थमा बाधा र परिबारिक समस्या र मित्रसँग विबाद हुँदा बुद्धिले काम नगरेर समस्या आउनेछ। पढाइमा सानु सफलतालाई पनि धेरै परिश्रम गर्नु पर्ने काममा लगानीको प्रतिफल पाउन निकै कसरत गर्नु पर्ने भएकाले संयम रहनु होला। व्यापार अघि बढाएमा लक्ष प्राप्तिमा बाधा पुग्नेछैन। परिश्रमले काममा सफलता मिल्नुको साथै दाम मनग्य कमाउने अवसर मिल्नेछ। यात्रा गर्ने अवसर मिल्नेछ। व्यापारमा पनि लाभ मिल्नेछ। नोकरी तथा राजनीतिमा सम्मान पाउने योग छ। बोलीको प्रभाब बढ्ने क्रम यथावत रहनेछ। बौद्धिक कार्यमा रुचि बढ्नेछ। घर तथा सवारी साधन जोड्ने अबसर मिल्नेछ।

तुला
समय राम्रो छ। प्रयास गर्दा सफलता धेरै काममा मिल्नेछ। बोलीको प्रभाव बढ्ने अरुको विश्वास जिते मान सम्मान पाउने योग छ। धन मनग्य कमाउने अवसर मिलनेछ। पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ। नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु प्रसंसनीय हुनेछन्। सभासम्मेलनमा जाने अवसर मिल्नेछ। तपाईँको लगनशीलता र इमान्दारीको प्रसंशा गर्नेको कमी नहोला। व्यापारमा पनि सफलता पाउने योग छ। यात्रामा पनि लाभ मिल्नेछ। पढाइमा रुचि बढ्ने मनोबल बढने धार्मिक कार्यमा रुचि बढने विदेशबाट शुभ समाचार आउने सम्भावना भएकोले खुशी हुनुहोला।

बृश्चिक
ग्रह गोचर मध्य रहनेछ। बौध्दिकता बढ्नाले मनोबल बढ्ने धेरै काम सफल हुनेछ। मित्रहरुको सहयोगमा सुधार नआए पनि आफ्नै विचारबाट अघि बढ्दा अरुबाट प्रसंशा हुने योग भएकोले सामाजिक काममा सम्लग्न भई मनमा प्रसन्नता बढ्नेछ। घर जग्गा जोढ्ने तरखरमा हुनु हुन्छ भने सफलता सजिलै पाउन गाह्रो होला। अरुबाट सहयोग पाउने सम्भावना कम छ। सामाजिक क्षेत्रमा आफ्नो बर्चस्व बढाउन सकिनेछ। भाग्यले साथ दिनेछ। नोकरी तथा राजनीतिमा सोचेजस्तै लाभ पाउनुहोला। आम्दानीको श्रोतहरु प्रसस्तै जुट्नेछन्। नयाँ कामहरु पनि हुने योग छ। शनि तथा बृहस्पतिको प्रतिकूलताले स्वास्थ्यमा बाधा आउन सक्ने व्यापारमा सफलता प्राप्त नहुने भएकाले बोल्दा अलि विचार पुर्‍याउनु भएमा राम्रो। ठूला व्यक्तिले भरोसा गर्नेछन्।

धनु
समय त्यति नराम्रो छैन। आठौ सूर्य राहु बुध द्वीतिय मंगल केतुको प्रतिकूल प्रभावले स्वास्थ्यमा संकट आउने भएकोले खानपान गर्दा संयम हुनु जरुरी छ। रिसको बेग पनि बढ्नेछ। लेनदेनमा विवादको सामना गर्नु पर्ला। लक्ष प्राप्तिमा बाधा नपुर्‍याउन आफूले गरेको कामलाई गोप्य राख्ने प्रयास महिना भरिनै गर्नु होला। अन्य ग्रह अनुकूल भएकोले आफन्त हरुको सहयोग मिल्ने बोलीको प्रभावले व्यापारमा सफलता पाउने धन मनग्य कमाउने तथा यात्रा गर्ने अवसर मिल्नेछ। भेटघाटलाई अरुले सकारात्मक लिने हुँदा पर्याप्त सहयोग प्राप्त हुनेछ। भाग्यले साथ दिने धर्ममा रुचि बढ्ने कर्म र समेत बलियो भएकाले नोकरी तथा राजनितीमा सोचेको स्थान र मान मिल्नेछ। अरुको विश्वास जितेर अगाडि बढ्ने योग छ । राज्यबाट पनि सम्मान पाउनुहोला।

मकर
समय राम्रो छैन। रोग बढ्नाले काममा सफलता पनि मिल्ने छैन। अरुबाट सहयोग प्राप्त नहुने भएकोले मन अशान्त हुनेछ । खर्चको तीब्रता कायमै रहनेछ । आफन्तहरुबाट सफलताको प्रयत्न त हुनेछ तर सफलता पाउन गाह्रो छ। आम्दानीको श्रोतहरु चौतर्फी जुटे पनि हात लगाउन मिल्ने छैन। कुरा काट्नेहरु सलवलाउन थाल्नेछन्। ठूला व्यक्तिसँग विनाकारण विबाद वढेर अघि बढ्न असहज होला। पढाइमा गरेका प्रयास पनि १५ गतेसम्म प्रतिकूल हुनेछन्। खर्च बढने भएकोले मनमा चिन्ता सिर्जना हुनेछ। लेनदेनमा अघि नबढनु उचित हुनेछ। अरुको विस्वासमा अघि बढ्ने धोका हुनसक्ने भएकोले काम गर्दा आफ्नै प्रयासले अघि बढ्नु उचित हुनेछ।

कुम्भ

समय राम्रो छ । परिश्रम गर्नु परे पनि सफलता धेरै कुरामा मिल्नेछ। व्यापारमा सुधार आउँदा सामाजिक सम्मानले मन प्रसन्न हुने योग छ। निर्णयको दक्षताले महत्व पूर्ण काम बन्न सक्ने भएकोले काममा सक्रिय रहनु उचित होला। लेनदेनमा बल नगर्नु राम्रो होला। एक पछि अर्काे परिश्रमले सफलता प्राप्त हुनेछन्। नोकरी तथा राजनीतिमा आफ्नो बर्चस्व बढाउँदै व्यापारमा सोचे भन्दा बढी नै लाभ पाउने योग छ। यात्रा रमाइलो हुनेछ। भेटघाटले अघि बढ्न प्रेरित गर्नेछ। देशको प्रतिनिधित्व गर्दै विदेश जाने अवसर पाउनुहोला। धन मनग्य कमाउने अवसर मिल्नेछ। प्रशंसा गर्नेहरु प्रसस्तै हुनेछन्। पराक्रम बढने क्रम यथावत रहनेछ। लेखन मार्ग बलियो छ। प्रेममा सफलता बैबाहिक चर्चाले तिब्रता लिनेछ। १६ गते देखि शुक्र तथा मंगलको प्रतिकूलताले गलत विचार बढ्नुको साथै परिवारिक झमेलामा चिन्तित हुनुपर्ला।

मीन
सन्तानको शुभकार्यमा संलग्न हुने र सोच्ने शक्ति बढने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। अरुको विश्वास आफूतिर रहने पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। आफना कुराले अरुको मन जित्न सकिनेछ। नोकरी तथा राजनीतिमा प्रयास गर्दा सफलता पाउन सकिनेछ। व्यापारमा गरिने यात्राले मनमा खुसी बढाउनेछ। बोल्दा विचार गर्नुपर्ला। प्रेममा आनन्द आउने भएकाले उत्सुक रहनु उचित हुनेछ। बृहस्पतिको प्रतिकूलताले रोग बढ्ने खर्च बढ्ने विबाद बढने तथा चिन्ता बढ्ने बिनाकारण संकट आउन सक्ने मनमा शंका उपशंका बढ्ने काममा अवरोध आउन सक्ने भएकोले महत्वपूर्ण कामहरु संयम भएर गर्नु होला।

साउन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्