ब्राजिलका प्रशिक्षक टिटेले गरे नयाँ सम्झौता, आउँदो विश्वकपसम्म टिममा रहने

ब्राजिलका प्रशिक्षक टिटेले राष्ट्रिय टिमको जिम्म आउँदो विश्वकपसम्म सम्हाल्ने भएका छन् । टिटेले नयाँ सम्झौता गरेका हुन् । उनले राष्ट्रिय टिमको जिम्मा सन् २०२२ को विश्वकपको अन्त्यसम्म लिने गरी चार वर्षको नयाँ सम्झौता गरेका हुन् ।

टिटेको प्रशिक्षणमा निकै राम्रो गरेको ब्राजिल रुसमा भएको विश्वकप फुटबलमा भने अन्तिम ८ बाटै बाहिरिएको थियो ।

विज्ञापन

पाँचपटकको विश्व विजेता ब्राजिललाई फेरि विश्व विजेताको रुपमा हेरिएको थियो, तर बेल्जियमसँग पराजित भएर उसले अन्तिम चार पनि स्थान बनाउन सकेन । टिटेले सन् २०१६ देखि ब्राजिलको बागडोर सम्हालेका छन् ।

राष्ट्रिय टिमको जिम्मेवारी ठूलो चुनौतीसँगै खुशीको कुरा पनि रहेको टिटेले बताएका छन् ।

ब्राजिलको फुटबल फेडेरेशन, सिबिएफले लामो समयसम्म चल्ने प्रोजेक्टमा लगानी गरिएको र आर्सनलका पूर्व मिडफिल्डर एडुलाई टिमको महाप्रबन्धकको रुपमा अनुबन्ध गरेको घोषणा गरेको छ।

साउन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू