स्वास्थ्य

दैनिक योग गर्नु किन आवश्यक ?

दैनिक योग गर्नु किन आवश्यक ?

काठमाडौँ – सामान्य रुपमा योगलाई शारीरिक अभ्यासका रुपमा लिने गरिन्छ । तर योग भित्र धेरै नै राम्रा पक्षहरु रहेका छन् । योग तथा प्राकृतिक चिकित्सा संघका अध्यक्ष डा. जनकबहादुर बस्नेतका अनुसार योगका ८ वटा हाँगा रहेका छन् ।

योगले मानिसलाई शारीरिक, मानसिक, आध्यात्मिक, संवेदनात्मक र त्यस्तै धेरै रुपमा मानिसलाई स्वस्थ राख्न ठूलो भूमिका खेलेको हुन्छ । योगका धेरै पाटाहरु छन् ।

योगलाई आध्यात्मीक, उपचारात्मक र शिक्षामा पनि प्रयोग गर्न सकिन्छ । योगउपचार पनि योगकै एउटा पाटो हो । योग उपचारमा पञ्चमाहाभूतलाई प्रयोगमा ल्याएर उपचार गरिन्छ ।

योगको महत्व किन छ ?


योगउपचार बिधि बिरामीका लागि मात्रै उपचार गर्ने विधि नभई यो एउटा प्राकृतिक स्वस्थ्य जीवनशैली हो । अहिले सर्ने रोग भन्दा नसर्ने रोगको बढ्दो प्रकोप रहेको छ ।

नसर्ने रोगका कारण विश्वभरि नै लगभग ७१ प्रतिशत मानिसको मृत्यु भएको छ भने नेपाल जस्तो विकासोन्मुख देशमा त ८१ प्रतिशत रहेको पाइन्छ । यस्तो किन छ भने नसर्ने रोग कतै न कतै हाम्रो जीवनशैलीसँग सम्बन्धित छ ।

नसर्ने रोगसँग लड्नकै लागि पनि योग र प्राकृतिक चिकित्सा प्रभावकारी र अनिवार्य रहन्छ । योगसँगै प्राकृतिक चिकित्सा जीवनशैली अपनाईएन भने नसर्ने रोगको जोखिम उच्च हुने सम्भावना रहन्छ ।

योग दैनिक जीवनमा किन महत्व छ ? हेल्थ क्लब एण्ड फिटनेस सेन्टर संखमुलकाका योग प्रशिक्षक सनम दुवालसँग बिन्दु शर्माले गरेको कुराकानी हेरौँ ।

साउन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू