प्रधानमन्त्री ओलीको दिव्यज्ञान

‘चिनिने हुन भेटघाट होइन, काम चाहिन्छ’

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा नवनियुक्त राज पत्रांकित तृतीय श्रेणीका अधिकृतको ३२ औँ आधारभूत प्रशासन प्रशिक्षणको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओली सम्मान गर्दै। तस्बिर : सुलभ श्रेष्ठ

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलिले धेरै मानिसको भिडमा आफूलाई चिन्न सक्ने बनाउनु पर्ने बताए । नेपाल प्रशासनिक प्रतिष्ठानले आयोजना गरेको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा नवनियुक्त राज पत्रांकित तृतीय श्रेणीका अधिकृतको ३२ औँ आधारभूत प्रशासन प्रशिक्षणको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्सन मण्डेलाको उदाहरण दिँदै भने ‘हामी सबै सामु परिचित हुन भेटघाट हुनुपर्छ भन्ने छैन, कामले सबैमाझ चिनिने बन्नुपर्छ ।’

दीक्षान्त सामारोहमा सबैलाई बधाई दिँदै उनले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे। २ सय १७ शाखा अधिकृत सबैलाई बधाई दिँदै उनले आफूलाई परीक्षण गर्ने मौका पाएको त्यसको नतिजा पनि राम्रै हुने बताए ।

प्रतिबद्धता पत्रमा ओलीले ‘हाम्रो नेपाल, हामी नेपाली’ लेखेर हस्ताक्षर गरेँ र भनेँ, मैले तिथिमितिसहित प्रतिबद्धता थपेको छु ।’ आफ्नो कर्तव्य केन्द्रित भएर काममा लागि पर्नको लागि अनुरोध गरे ।

नेपाल प्रशासन सेवाको ३२ औँ व्याचमा सबैभन्दा उत्कृष्ट भएका देवचन्द्र गड्तौलालाई प्रधानमन्त्रीले सम्मान गरे । हामी सबै उत्कृष्ट हुन्छौ तर हाम्रो प्रस्तुतीको तरिका फरक हुने हुनाले कोही अगाडि कोही पछाडि हुने उनले बताए । ‘अनेष्टि इज द सिक्रेट्स अफ सक्सेस’ भन्दै ओलीले आफ्नो इमानदारिताले नै आफूलाई कति टाढा पुर्‍याउने निर्धारण गर्ने बताए ।

दीक्षान्त समारोहमा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, लोक सेवा आयोगका प्रमुख लगायत सहभागी थिए ।

तस्बिर: सुलभ श्रेष्ठ

साउन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू