बिनोद र सलोन कसलाई ‘हुकुम बक्सिदै ?’

काडमाडाैँ– भारभारद्वाजको पहिरनमा सजिएका बिनोद न्यौपाने र सलोन बस्नेत तरबारसँग खेल्दैछन्। अगाडिबाट सुन्दर, सजिएकी राजकुमारी सारा सिर्पाली आउँछिन्। उनलाई दखेर सलोन र बिनोद भन्दैछन् हुकुम बक्सियोस्। चलचित्र ‘सुश्री सम्पति’ को पहिलो गीत सार्वजनिक भएको छ । गीतको बोल छ ‘हुकुम’।

गीतमा दरबारमा हुने भारदारको नृत्यलाई प्रस्तुत गरिएको छ । गीतमा आफूलाई राजा मान्ने व्यक्तिको भावनालाई समेटिएको छ। यो गीतलाई मोडल तथा कोरियोग्राफर गम्भीर बिस्टले निर्देशन गरेका छन् ।

सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर रहेको छ । गीतलाई शिवराम श्रेष्ठले छायाँकन गरेका हुन् ।

रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

चलचित्रमा प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैँले लेखेका हुन् ।

फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूले तयार गरेका हुन् । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

साउन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्