भदौ ८ मा आउने ‘रेनी’को यस्तो छ फस्टलुक

काठमाडौं – त्रिकोणात्मक प्रेम कथा ‘रेनी’ को फस्टलुक सार्वजनिक भएको छ। निर्माण पक्षले भदौ ८ गतेदेखि चलचित्र प्रदर्शन हुने जानकारी दिँदै फस्ट लुक सार्वजनिक गरेका हुन्।

बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजालका साथमा नवनायिका सनम मल्ल प्रमुख भूमिकामा छन् । गिरिश रिजालको निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन् ।

काठमाडौ उपत्यका तथा कुलेखानी खिचिएको फिल्म एक्शन, लभ, कमेडीका साथै सामाजिक सन्देश दिने खालको रहेको निर्मात्री बिमलाले बताइन्। जयराम थापाले खिचेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । चलचित्रमा राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको छ।

साउन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्