धनुषा-अनशनरत प्रा.डा.गोविन्द केसीको माग पूरा गर्नुपर्ने भन्दै नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले प्रदेश न।२ प्रदेशसभाको आजको बैठक अबरुद्ध गरेको छ ।

बैठक शुरु हुन नपाउँदै काँग्रेसका सचेतक उपेन्द्र कुशवाहाले डा केसीका माग पूरा नभएसम्म सभा चल्न नदिने भनेपछि काँग्रेसका सदस्यहरुले उठेर अवरोध गरे।

उनले भने, ‘ सरकारले डा.केसीको मागलाई संबोधन नगरेर मृत्‍युको मुखमा धेकेलिरहेको छ। हामी डा.केसीको माग सम्बोधन नहुन्जेलसम्म सदन चल्‍न दिँदैनौ।’
प्रदेश २ कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुमार कुशवाहले सरकार डा. केसीलाई मृत्‍युको शैय्यामा सुताइरहको उनको आरोप थियो।

अवरोधपछि प्रदेशसभाको बैठक यही वैशाख १३ गते सम्मका लागि स्थगित भएको घोषणा सभामुख सरोज यादवले गरे। यसअघि बैठकमा सभामुख यादबले प्रदेश प्रमुखको पत्र पढेर सुनाएका थिए।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विपद् व्यवस्थापन गर्न बनेको विधेयक २०७५ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको थियो।

साउन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्