गण्डकी प्रदेशमा राष्ट्रिय अपाङ्ग महासंघको जनवकालत अभियान

पोखरा – गण्डकी प्रदेशमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जनवकालत अभियान संचालन गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्राप्ति र समावेशीकरणका लागि अभियान संचालन गरिएको महासंघले जानकारी दिएको छ ।

अपाङ्गहरु पनि यहि देशका नागरिकहरु भएको र उनीहरुको हक अधिकार अन्य नागरिक सरह व्यवस्था गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष खोमराज शर्माले आग्रह गरे ।

उनले नेपाल संघीय संरचनामा गइसकेको, प्रदेश सरकारल नीति तथा कार्यक्रम र बजेट ल्याइसकेकाले स्थानीय ,प्रदेश र केन्द्र सरकारका हरेक नीति र कानुन अपाङ्ग मैत्री बनाउन दबाब स्वरूप अभियान संचालन गरेको बताए । अभियान अन्तर्गत अपाङ्गता समाबेशीकरणकालागि प्रदेश स्तरीय सवालहरु पहिचान, १० जनाको जनवकालत समुह निर्माण र परिचालन, सरोकारवाला सहितको र्याली र प्रदेश प्रमुख, मुख्य मन्त्री लगायत सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेका छन् ।

स्वालम्बन जीवन पद्धति समाजका अध्यक्ष हेम गुरुङ्गले नेपालमा पटक पटक राजनैतिक ब्यवस्थाहरु परिवर्तन भए तर अपांगता भएका ब्यक्तिहरुको आवाजको सुनुवाई नभएकोे बताए । उनले नेतृत्व तहमा अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व हुन नसक्दा अपाङ्गता भएकाहरु सुचना र पहुँचबाट बञ्चित हुनु परेको गुनासो गरे । उनले अपांगता भएकाहरु सधै बहिस्करणमा परिरहनुका साथै अति सिमान्तकृत अवस्थामा बाँच्नु परेको भन्दै राज्यले अब अपाङ्गमैत्री कानुन निर्माणमा जोड दिनु पर्ने बताए ।

सबै तहका संरचना, योजना र नीति निर्माण कार्यहरुमा अपाङ्गता भएका व्यक्ति हरुको उपस्थिति अनिबार्य हुनुपर्ने भन्दै उनले सो को ध्यानाकर्षण गराउन जनवकालत अभियान गण्डकी प्रदेसमा १३ गते सम्म विभिन्न कार्यक्रमा सहित जारि रहने जानाकारी दिए ।

साउन ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्