खुला विश्वविद्यालय स्वअध्‍ययनका लागि कोशेढुंगा सावित-मुख्यमन्त्री राउत

जनकपुरधाम- मुख्यमन्त्री लालबाबु राउतले खुला विश्वविद्यालय आजको आवश्यकता रहेको बताएका छन्।

सबैले पढन पाउनु पर्ने वर्तमान युगको चाहना र आवश्यकतालाई पूर्ति गर्न नेपाल खुला विश्वविद्यालय सहायक हुने उनको कथन थियो।

नेपाल खुला विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरुको अभिमुखी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विभिन्‍न व्यस्तताका कारण औपचारिक कक्षामा सहभागी हुन नपाउने विद्यार्थीहरुको लागि खुला विश्वविद्यालय लाभादायी रहेको बताएका छन्।

स्वअध्ययन गर्नेहरुको लागि खुला विश्वविद्यालय कोसेढुंगा सावित हुने उल्लेख गरेका छन्।

मुख्यमन्त्री राउतले विश्वविद्यालयका लागि प्रदेश सरकारले गर्न सक्ने हरेक सहयोग गर्न आफूहरु तैयार रह्‍ने प्रतिवद्धता समेत व्यक्त गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले बताए।

साउन ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्