टाइगर स्रोफको ‘डुब्लिकेट’ भेटियो

एजेन्सी- चलचित्रमा धेरैजसो उस्तै अनुहार भएको मानिसहरु भेटिने कथा देख्न सकिन्छ। तर सामाजिक सञ्जालको कारणले वास्तविक जीवनमा पनि जुम्ल्याहा जस्तै अथवा उस्तै अनुहार भएका मानिसहरुलाई देख्न पाइएको छ। नेपालका कलाकार अनमोल केसी र साम्रगीको ‘ डुब्लिकेट’ भेटिएको खबर एक समय बाहिर आएको थियो।
बलिउडमा केहि समय अगाडि क्रिकेटर विराट कोहली, सेफ अलि खानको ‘डुब्लिकेट’ भेटिएको खबर आएको छ। यस्तै बलिउडका अर्का स्टार टाइगर स्रोफको पनि ‘डुब्लिकेट’ भेटिएको छ। आसाममा बस्ने डेविड सहारियालाई टाइगर स्रोफसँग दाज्ने हो भने दुई जनामा फरक छुट्याउन गार्हो हुन्छ।
को हुन् डेविड?
उनी एक मोडल हुन्। आसामी चलचित्रमा अभिनय गरिरहेका छन्। उनी इन्स्टाग्राममा आफ्नो फोटो टाइगर स्रोफको जस्तै गरी राख्छन्। टाइगर जस्तै भएपनि उनी अहिले सम्म लुकेर बसेका छन्।
उनको कपालको स्टाइल, आँखा, शरीर, मुखको बनावट टाइगरसँग मिल्न खोज्छ। फोटोको कमेन्टमा मानिसहरुले बारम्बार उनलाई टाइगरको भाई हो भनेर सोध्ने गर्छन्।
एक अन्तर्वातामा डेविडले भनेका छन्, ‘पहिला पहिला उनलाई टाइगर स्रोफको भाइभन्दा राम्रो लाग्थ्यो। तर उनलाई अहिले चिन्ता छ की उनको आफ्नो पहिचान हराउन सक्छ। किनभने उनलाई उनको आफ्नै नामले कमैले मात्र चिन्छन्।’