जलवीरेमा खसेको पहिरो पन्छाइयो

फाइल तस्बिर

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज दिउँसो खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पहिरो पन्छाएपछि साँझ ५:५ बजेबाट सडक सञ्चालनमा आएको हो। इच्छाकामना गाउँपालिका वडा नं ६ जलवीरेमा दिउँसो ३:४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

ढकालका अनुसार दुईतिरबाट दुई वटा डोजर प्रयोग गरेर पहिरो पन्छाइएको हो। पहिरो पन्छाइएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएका छन् । पानी पर्न रोकिएसँगै पहिरो पन्छाउन सहज बनेको उनले बताए।

सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले भित्तो काटेका ठाउँमा समयसमयमा पहिरो जाने समस्या देखिएको छ।

साउन ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्