महिलामाथि जघन्‍य हिंसा

छोरीलाई दुर्व्यवहार, आमामाथि पञ्चायतमै निर्घात कुटपिट

पञ्चायतमै निर्घात कुटिएकी धनुषाको कमला नगरपालिका-६ सिंगियाही मडानकी ४० वर्षीया मिनादेवी मण्डल। तस्बिर- प्रतिभा झा/देश सञ्‍चार

जनकपुरधाम-धनुषामा पञ्चायतकै क्रममा एक महिलामाथि निर्घात कुटपिट भएको छ।

छोरीलाई स्यानीय एक १५ वर्षीय किशोरले दुर्व्यवहार गरेपछि पञ्चायतमा पीडकलाई सजाय दिलाउन गुहार्दा धनुषाको कमला नगरपालिका ६ सिंगियाही मडान बस्ने प्रमेश्वर मण्डलका श्रीमती ४० वर्षकी मिनादेवी मण्डल पञ्चायतमै निर्घात कुटिएकी हुन्।

कुटपिटबाट मिनादेवीको तिघ्रा, पाखुरा, हात र शरीरको विभिन्न भागमा गहिरो चोटको लागेको देखिएको छ, भने उनको अहिले उपचार जनकपुर अञ्चलमा भइरहेको प्रहरीले जनाएको छ।

 के हो घटना ?


स्थानीयका अनुसार गत मंगलबार मिनादेवीकी छोरी १४ वर्षकी प्रियंका मण्डल खेतबाट घाँस काटेर घर फर्कि रहेको बेला स्थानीय एक किशोर १५ वर्षीय डोमा मण्डलले जिस्काएर दुर्व्यवहार गरेका थिए।

दुर्व्यवहार पश्चात मिनादेवी छोरी जिस्काउने युवक डोमा मण्डललाई दण्डसजाय हुनु पर्ने भन्दै पञ्चायत बसाउन गाउँलेलाई गुहारेकी थिईन् ।

मिनादेवीको गुहारपछि स्थानीय नेपाली काँग्रेसका वडासभापत्ति एवं शिक्षक उमेश मण्डलले बुधबार दिँउसो आफ्नै दरबाजामा पञ्चायत बोलाए।तर पञ्चायतमा पीडित पक्षको पञ्चहरु जान बाँकी नै रहेको बेला त्यहाँ उपस्थित पञ्चहरुले दुवै पक्षलाई अब देखी विवाद गर्‍यो भने ५०÷५० हजार जरिवाना गर्ने भनेर निष्कर्ष निकालेका थिए।

यसैक्रममा मिनादेवीले अस्वीकार गरेपछि पञ्चायतमै स्थानीय ४२ वर्षका श्याम मण्डल, गंगा मण्डल, कामेश्वर मण्डल र उमेश मण्डल सहितले लाठी हात र मुक्काले कुटपीट गर्न थालेको पीडित मिनादेवीको भनाई छ ।

पीडित मिनादेवीले आफ्नो पक्षको पञ्चहरु आउन बाँकी नै रहेको बेला एकपक्षीय निर्णय गरियो तर आफूले अस्वीकार गरेपछि एकाएक सबैले लठ्ठी, झापड र लातले हिर्काउन थालेको बताईन्।

साउन ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्