नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गख्रास चन्द्र ग्रहण लाग्यो । आषढ शुक्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण लागेको हो ।

नेपाल, भारतसहित एसिया, अस्ट्रेलिया, रुससहित युरोप तथा केही अफ्रिकी देश र उत्तर अमेरिकाका अधिकांश ठाउँबाट यो चन्द्र ग्रहण देखिएको छ । यो चन्द्र ग्रहणलाई ब्लडमून पनि भनिएको छ ।

चन्द्र ग्रहणका बेला चन्द्रमा केही समय तामा धातु जस्तो भएको र केही समय पूरै रातो हुने भएकाले यो ग्रहणलाई ब्लडमून भनिएको हो । १०० वर्षपछि यस्तो संयोग आएको खगोलविदले बताएका छन्।

चन्द्र ग्रहणको अवधि ३ घण्टा ५७ मिनेट लामो रह्यो । राति १२ बजेर ९ मिनेटमा स्पर्श भएको चन्द्र ग्रहण शनिबार बिहान ४ बजेर ६ मिनेटमा मोक्ष भएको छ । ग्रहणको कुल अवधि ३ घण्टा ५७ मिनेट भए पनि खग्रास ग्रहण भने १ घण्टा ४४ मिनेट लागेको छ ।

इटालीको रोममा रहेको कोलोसिएमलाई घुम्दै गरेको चन्द्र । तस्बिर : ग्रेगोरिओ बोर्गिए/एपी
रुसको एक क्ओल्सारिफ मस्जितबाट देखिएको ब्लडमुन । तस्बिर : येगोर एलियिभ/टास
दायाँ तर्फ प्राचीन ग्रिककी देवी हेरा र बायाँ तर्फ भगवान एपोलोको प्रतिमाको बिचमा बलजस्तै गरी देखिएको चन्द्रमा । यो तस्बिर एथेन्सको हो । तस्बिर : एरिस मेस्सिनिस/एएफपी/गेट्टी इमेज
जर्मनीको बर्लिन टिभी टावर र ब्लडमुन । तस्बिर : क्लेमेन्स बिलान/इपिए
स्वीट्जरल्याण्डको लाउफेन क्यास्टलको शिरानमा देखिएको ब्लडमुन । तस्बिर : मिलानिए डुचेनी/इपिए
जर्मनीको बुहलबाट देखिएको चन्द्र । तस्बिर : रोनाल्ड विट्टेक/इपिए
ग्रिसको केप सोउनिओन पछाडि देखिएको ठूलो चन्द्र । तस्बिर : एल्किस कोन्स्टान्टिनिडिस/रोयटर्स
जर्मनीको ड्रेसडेनबाट देखिएको ब्लडमुन । तस्बिर : सेबास्टिएन काहनेर्ट/एपी
जर्मनीको हेचिङ्गगेनमा रहेको होहेन्जोलेर्न क्यास्टलमाथि देखिएको चन्द्र । तस्बिर : म्याथिएस ह्याङ्गस्त/गेट्टी इमेज
अल्बानियाको तिरानाको सडक बत्तीमाथि त्यस्तै गरी देखिएको चन्द्र । तस्बिर : गेन्ट श्कुल्लाकु/एएफपी/गेट्टी इमेज
ग्रिसको कोरिन्थमा रहेको एपोलोको मन्दिरमाथि देखिएको ब्लडमुन । तस्बिर : मालेसिए गाची/एएफपी/गेट्टी इमेज
टर्कीको भानमा कैद गरिएको दृष्य । तस्बिर : एनाडोलु एगेन्सी/गेट्टी इमेज