हट एण्ड ह्यापनिङ्ग कपल

प्रिय‌ंकासँग निकको उपस्थिति पूर्व प्रेमिकासँग मिल्दोजुल्दो

हलिउड या बलिउडमा मात्रै होइन, चलचित्र तथा संगीत क्षेत्रमा चासो राख्ने र यो क्षेत्रका व्यक्तिलाई फलो गर्नेहरु माझ अहिलेको ‘हट एण्ड ह्यापनिङ्ग’ जोडी हुन्, प्रियंका चोपडा र निक जोनस ।

बलिउडपछि हलिउडमा आफ्नो पाइला राम्रोसँग चालेकी अभिनेत्री प्रियंका र अमेरिकी संगीतकर्मी तथा अभिनेता निकको प्रेम कथा गएको मे सार्वजनिक भएको हो । यी दुईले अहिलेसम्म सार्वजनिक रुपमा सम्बन्धका बारेमा केही बताएका छैनन् ।

गहिरो प्रेमलाई पुष्टि गर्ने व्यवहार भने पक्कै गरेका छन् । धेरैपटक प्रियंका–निकसँगै देखिएका छन् । प्रियंकाले निकको तथा निकले प्रियंकाको परिवारका सदस्यलाई भेटिसकेका छन् । सँगै डिनर गरेका छन्, सँगै बिदा मनाएका छन् ।

यहिबिचमा प्रियंका र निकले इनगेजमेन्ट गरेको खबर सार्वजनिक भएको छ । प्रियंकाले निकसँगको विवाहकै लागि सलमान खानसँग गर्ने भनेको चलचित्र भारत छोडेको कुरा पनि आएको छ ।

यसको अर्थ प्रियंका र निक, प्रेमी–प्रेमिका भन्दा अघि र श्रीमान–श्रीमती बन्ने अभियानको एक खुड्किलोमात्रै पर रहेका छन् । यी दुई एकअर्काप्रति प्रतिबद्ध भएका छन् । यो जोडीले प्रियंकाको ३६ औँ जन्मदिनको केही दिनअघि इनगेजमेन्ट गरेको खबर छ ।

प्रेमलाई केही कुराले छेक्दैन भन्ने उदहारणहरु यसअघि पनि पाइएका हुन् । प्रियंका–निक सम्बन्धले पनि त्यसलाई पुष्टि गर्दै गरेको देखिएको छ ।

यी दुईको सम्बन्धमा न उमेर, न बाँचेको फरक धरातल र संस्कृति या छालाको रंगले प्रभाव पारेको देखिएको छैन । प्रियंका निक भन्दा १० वर्ष जेठी छन्, तर प्रेमले दुवैलाई समतल बनाएको छ, एकतामासले बगेको पानी जस्तै ।

प्रियंका र निक दुवैको यो पहिलो प्रेम सम्बन्ध भने होइन । यी दुवैका यसअघिका विभिन्न प्रेम सम्बन्धहरु चर्चामा रहेका थिए । निक जोनस प्रियंका भन्दाअघि ओलिभिया कुल्पोसँग प्रेम सम्बन्धमा थिए ।

प्रियंकासँग निकले इनगेजमेन्ट गरेका खबर आएपछि बडी–ल्याङ्ग्वेज एक्सपर्टले ओलिभिया र प्रियंकासँग उनको बडी–ल्याङ्ग्वेजको विश्लेषण गरेका छन् ।

निकका अरु पनि प्रेमिकाहरु रहे तर त्यसमध्ये लामो समय टिकेको भनेको ओलिभियासँगको सम्बन्ध हो । बडी–ल्याङ्ग्वेज विशेषज्ञ ब्लान्काका अनुसार निक ओलिभियासँग जस्तो प्रियंकासँग क्लोज देखिएका छैनन् । तर पनि निकको बडी ल्यांग्वेज दुवैसँग उस्तै रहेको ब्लान्काले बताएकी छन्।

प्रियंका र निकले एक अर्कालाई हेर्दा फेरिने अनुहारको रंग अर्थात हावभाव भने निकै स्ट्रोङ्ग रहेको उनले बताएकी छन् । निक र प्रियंका सन् २०१७ को मेट गालामासँगै गएपछि प्रेमको चर्चा भएको थियो । त्यसको एक वर्षपछि सम्बन्धका बारेमा थाहा भयो । यस्तै निक र ओलिभिया सन् २०१३ देखि २०१५ सम्म प्रेममा थिए ।

साउन १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्