मुख्यमन्त्री राईद्वारा मोटरबोट उद्घाटन

प्रदेश एकका मुख्यमन्त्री शेरधन राई शनिबार इटहरी उपमहानगरपािलका–३ को पर्यटकीय तालतलैया क्षेत्रमा तालतलैया विकास तथा संरक्षण समितिले सञ्चालनमा ल्याएको मोटरबोटको उद्घाटनपछि यात्रा गर्दै । तस्बिर : रासस

इटहरी- प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताएका छन् ।

उनले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवर्द्धन गर्न नीजि सरकारी र विभिन्न दातृ समुदायसमेतको सहकार्यमा जोड दिने कुरामा आफूले प्रयत्न गरिरहेको जानकारी दिए ।

मुख्यमन्त्री राईले इटहरी उपमहानगरपािलका– ३ मा रहेको पर्यटकीय तालतलैया क्षेत्रमा तालतलैया विकास तथा संरक्षण समितिले सञ्चालनमा ल्याएको मोटरबोटको आज उद्घाटनपछि यस्तो बताएका हुन् ।

मुख्यमन्त्री राईले यो प्रदेशलाई नेपालकै सुन्दर, समृद्ध र सवल प्रदेशका रुपमा उभ्याउन आफू गम्भीर भएको बताए ।

कार्यक्रममा प्रदेश सांसद एवं इटहरीको तालतलैया क्षेत्रको परिकल्पनाकार सर्वध्वज सावाँ, इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतम, वडा नं ३ का वडाअध्यक्ष बालकृष्ण विष्ट र तुलाराम लिम्बूगायतले बोलेका थिए ।

तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्वूले मोटरबोट रु साढे आठ लाखमा आयात गरेको तथा उक्त मोटरबोटमा एक पटकमा १० जना मानिस राखेर जलविहारको थप पूर्वाधार खडा गरेको जानकारी दिए ।

साउन १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्