काठमाडौँ – कुनै समय ‘कान्छीको छाता ढल्काईदेउ यता घाम पर्‍यो निधारमा’ भन्ने गीतले नेपाली सांगितिक बजार पिटेको थियो ।

हुन पनि चाहे घाम लागोस, चाहे पानी परोस्- मानिसको दैनिक जीवनमा छाता निकै महत्वपूर्ण चिज हो। बजारमा विभिन्न रंगदेखि अलग अलग डिजाइनसम्मका छाताहरु ओढेर मानिसहरु आवतजावत गरिरहेका देखिन्छन् ।

यस्तो लाग्छ कि मानिसहरुले छातालाई आफ्नो साथी बनाएर हिँडेका हुन्छन्। अनेक रंगमा रहेको छाताले पानी परेको बेला होस् वा चर्को घाम लागेको बेला मानिसलाई सहारा दिइरहेको हुन्छ।

उमेर पुगेका बृद्धबृद्धा हुन् वा युवा अथवा बालक सबैलाई छाताले छहारी दिएकै हुन्छ।

शनिबार ललितपुरको पाटनमा टन्टलापुर घाम लागेको थियो। देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले मानिसहरु रंगिबिरंगी छाता ओढेर हिँडेका दृष्यहरु आफ्नो क्यामेरामा कैद गरिन्।