भिरबाट लडेर महिलाको ज्यान गयो

सांकेतिक तस्बिर

सुर्खेत– घाँस काट्ने क्रममा भिरबाट लडेर सुर्खेतमा एक जनाको ज्यान गएको छ । लेकवेशी नगरपालिका–६ की ३५ वर्षकी मोती सुवालको भिरबाट लडेर ज्यान गएको हो ।

घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते सुवाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

साउन १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्