श्रीदेवीकी छोरीको ‘डेब्‍यू’ फिल्म हिट !

मुम्बई (एजेन्सी)-बलिउडको पहिलो सुपरस्टार अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपुरको ‘डेव्यु’ फिल्म सुपरहिट भएको छ।

जाह्नवी अभिनित ‘धड्क’ फिल्मले पहिलो साता ५० करोडभन्दा बढीको व्यवसाय गरेपछि फिल्म सुपरहिट भएको हो। धर्मा प्रोडक्सनले निर्माण गरेको यो फिल्मको कूल लागत ५० करोड थियो।

फिल्मले ८ दिनमा ५४ करोडको व्यवसाय गरेपछि फिल्म हिट सावित भएको हो। ‘घड्क’ मा जाह्नवीसँगै हिरोको अभिनयमा इशान खट्टर थिए। फिल्म मराठी फिल्म ‘सैराट’ को हिन्दी रिमिक थियो।

साउन १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्