प्रदेश २- दुई व्यवस्थापन कार्य विधेयक पारित

जनकपुरधाम- प्रदेश २ को आईतवार बसेको संसद बैठकबाट दुई विधेयक पारित भएको छ।

प्रदेशसभाको दोश्रो अधिवेशन अन्तर्गत बसेको २२ औं बैठकबाट व्यवस्थापन कार्य विधेयक पारित भएको हो।

संसदको विशेष समयपछि सभामुख सरोज कुमार यादवले प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धि पत्र बढेर सुनाए।

यसैगरी सभामुख यादवले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को पुर्नगठन सम्बन्धी पत्र पढेर सुनाएका थिए।

यस्तै, प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले ‘प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले ‘प्रदेश २ को विपद् व्यवस्थापन गर्न बनेको विधेयक २०७५’ सर्वसम्मत रुपमा पारित भएको सभामुख सरोज कुमार यादवले घोषणा गरेका थिए।

संसदको अर्को बैठक १४ गते सोमवार ११ बजे सम्मका लागि स्थगित गरिएको छ।

साउन १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्