२५ लाख सेयर निष्‍कासन गर्न सानिमा क्यापिटल प्रबन्धकको रुपमा नियुक्त

काठमाडौं- विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५,००,००० कित्ता साधारण शेयर स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।

सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक भरत वहादुर पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

यस कम्पनीले स्थानीयवासीको लागि १०,००,००० कित्ता र सर्वसाधारणको लागि १५,००,००० कित्ता गरि जम्मा २५,००,००० कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो।

यस सम्बन्धी थप जानकारीका लागि सानिमा क्यापिटल लिमिटेडका मर्चेण्ट बैंकिङ्ग प्रमुख रश्मी रिजाल ४४२८९५६ मा सम्पर्क गर्न सकिनेछ।

साउन १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्