बोल–बम : फोटो फिचर

आस्था र विश्‍वासको डुबुल्की बोलबंम

सुन्दरी जलमा स्नान गर्दै गरेका एक श्रद्धालु ।
सुन्दरी जलमा स्नान गर्दै गरेका एक श्रद्धालु ।

काठमाडौँ – भर र विश्वास, यी दुई कुराले मान्छेलाई बाँच्ने आड दिन्छ अनि अघि बढ्न सक्छु भन्ने आँट पनि । यस्तै भर र विश्वासले भरिएको महिना, साउन ।

विशेष गरी हिन्दूहरु यो महिनालाई भगवान शिवको प्रिय समयको रुपमा लिन्छ । त्यसमाथि सोमबार अझ विशेष बन्छ । साउन महिनाभर शिव भक्तहरु बोल–बम यात्रामा निस्कन्छन् । सोमबारको दिन पवित्र तिर्थस्थल वा नदीमा गएर दर्शन तथा स्नान गर्छन् ।

विज्ञापन

आस्थाको केन्द्र पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा सोमबार (साउन १४ गते) दर्शनार्थीको घुइँचो छ । यस्तै नदी किनारमा श्रद्धालुको भिड । काठमाडौँबाट १५ किलोमिटर पर सुन्दरीजल, बागमति नदीमा स्नान गर्नेहरु सोमबार झिसमिसेमै पुगे ।

उनीहरुले त्यहाँबाट खाली खुट्टा पशुपतिसम्म बोल–बम यात्रा गर्नेछन् । यसो गर्दा स्वास्थ्य, समृद्धि र सुख–शान्ती मिल्ने विश्वास छ । देश सञ्चारका सुलभ श्रेष्ठले सुन्दरी जल पुगेर डुबुल्की मारेका केही श्रद्धालुको भर र विश्वासलाई तस्बिरमा समेटेका छन् ।

साउन १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू