पत्रकार जनताका दुस्मन : ट्रम्प, न्युयोर्क टाइम्सले दियो ट्रम्पलाई चेतावनी

अमेरिकाको प्रतिष्ठित पत्रिका द न्युयोर्क टाइम्सको प्रकाशकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सञ्चार माध्यमलाई ‘जनताको दुस्मन’ को रुपमा परिभाषित गर्ने काम बन्द गर्न चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले बारम्बार सञ्चार माध्यममाथि आक्रामक रुपमा प्रस्तुत हुने गरेको र यसले सञ्चार माध्यममाथि हिंसा हुन सक्ने बताइएको । द न्युयोर्क टाइम्सका एजी सुल्ज्बर्गरले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनौपचारिक भेटवार्ता गरेका थिए ।

तर ट्रम्पले त्यो भेटबारे ट्वीट गरेपछि सल्ज्बर्गरको भनाई आएको हो । सुरुको ट्वीटमा राष्ट्रपति ट्रम्पले भेटवार्ता निकै राम्रो रहेको बताएका थिए । तर त्यसपछिको ट्वीटमा उनले सञ्चार माध्यममाथि रिपोर्टिङ्ग मार्फत नागरिकको जीवन जोखिममा लगेको आरोप लगाए ।

ट्रम्पले ट्वीट गरेपछि न्युयोर्क टाइम्सले भेटवार्तालाई अर्कैै मोड दिइएको भन्दै वक्तव्य जारी गरेको थियो । ट्रम्पले नै आफूलाई भेटका लागि प्रस्ताव गरेको र राष्ट्रपतिको सञ्चार माध्यममाथिको समस्याग्रस्त भनाईबाट उब्जिरहेको परिवेष र चासोलाई सम्बोधन गर्ने उद्देश्यका साथ आफूले भेटवार्ता गरेको सुल्ज्बर्गरले बताएका छन् ।

ट्रम्पले बारम्बार ‘फेक न्युज’ भन्ने शब्द प्रयोग गर्ने गरेको र त्यो असत्य तथा हानिकारक रहेको आफूले बताएको सुल्ज्बर्गरले बताएका छन् । राष्ट्रपति ट्रम्पले पत्रकारलाई ‘जनताका दुस्मन’ को रुपमा चित्रित गर्नु निकै घातक बन्न सक्ने उनको भनाई छ ।

ट्रम्पको उत्तेजक भाषाले पत्रकारमाथि धम्की आउने क्रम बढ्ने र त्यसले हिंसाको रुप लिन सक्ने सुल्ज्बर्गरले चेतावनी दिएका छन् ।

साउन १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्