एक वर्षमा ६२८ हत्या र १४८० बलात्कार

काठमाडौं- आर्थिक वर्ष ०७४/७५ मा देशभर ६ सय २८ हत्या र १ हजार ४ सय ८०  बलात्कारका घटना भएका छन्। नेपाल प्रहरीको केन्द्रीय तथ्यांकअनुसार गत आर्थिक वर्षमा देशभर जघन्य अपराध  सम्बन्धित ६ हजार ६ सय ४६ मुद्धा दर्ता भएका थिए।

स्रोत-प्रहरी प्रधान कार्यालय

यसमा खुन डाका सम्बन्धी दुई वटा,ज्यान मार्ने उधोग सम्बन्धी ७ सय २८ , डाका चोरी २७, लागु औषध ३  हजार ८८, अपहरण ७७ र हातहतियार तथा खरखजना सम्बन्धी २ सय ५४ मुद्धा दर्ता भएका छन्।

मानव बेचविखन तथा ओसारप्रसार सम्बन्धी ३ सय ८ र विस्फोटक पदार्थ सम्बन्धी ५४ मुद्धा दर्ता भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

स्रोत- प्रहरी प्रधान कार्यालय

गत आर्थिक वर्षमा दर्ता भएका केही सार्वजनिक अपराधका मुद्धाको संख्या १४ हजार दुई सय ८३ रहेको छ।

साउन १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्