उपमहानगरपालिकालाई स्थानीयले गौशाला बनाएपछि..

धनगढी- सोमवार विहानै स्थानीयहरु रोडमा दर्जनौका सख्यामा गाई डोर्‍याएर हिडिरहेका थिए। धेरैले अनुमान गरे उनीहरुले ती पशु चौपायालाई गौशाला लैजाँदै छन्। तर, उनीहरुले दर्जनौको संख्यामा बजारमा छोडिएका छाडा पशु चौपायाले खेतमा लगाएको अन्‍नबाली खाइदिएर दु:ख दिएको भन्दै धनगढी उपमहानगरपालिमा ल्याएर बाँधिदिए।

छाडा छोडिएका पशु चौयायाले घर र खेतमा आएर अन्‍नबाली, तरकारी खाइदिन थालेपछि दिक्क बनेका स्थानीय जब उपमहानगरपालिकाले छाडा पशु चौपायालाई अन्यत्र पठाउदैछ भन्‍ने आईतवार साझ गाउमा हल्ला फैलियो तब खुसी भए।

उनीहरुले विहानै गाउमा रहेका छाडा पशु चौपालाई डोर्‍याएर उपमहानगरपालिमा ल्याएर बाँधिदिए।तर, उपमहानगरपालिकाले भने गलत सूचना फैलाईएको बताएको छ।

गाउगाउबाट उपमहानगरपालिकामा ल्याईएका दर्जनौ गाई देवरीयामा रहेको गौशालामा राखिएको छ।

 

साउन १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्